बैतडी-जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो ।
जिल्ला अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएपछि यहाँ स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएको हो ।
विशेषज्ञ चिकित्सक आएसँगै महिलालाई उपचारका लागि सहज भएको छ । यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य थिए । अब उक्त बाध्यताको पनि अन्त्य भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा यादवलाई छनोट गरेर जिल्ला अस्पतालमा पठाएको हो । यस्तै, नयाँ मेडिकल अधिकृतका रूपमा डा निश्चल ज्ञवालीसमेत अस्पतालमा हाजिर भएका छन् । ज्ञवाली छात्रवृत्ति करारबाट जिल्ला अस्पतालमा आउनुभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताए ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि