बन्दीपुर –आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले आफ्नो मेहनत र लगनशीलताले फूल व्यवसायलाई आकर्षक आयश्रोतमा परिणत गरेकी छन् । सानो लगानीबाट सुरु गरेको व्यवसाय अहिले लाखौँ रुपैयाँको कारोबारमा परिणत भएको छ ।
विसं २०७७ मा मात्र तीन हजार पाँच सय रुपैयाँको लगानीबाट सुरु गरेको फूल व्यवसाय आज एक सफल उद्यमको रुपमा स्थापित भएको छ । सुरुमा फूल बिक्री गर्दै आएकी गुरुङले विस्तारै सभा–सेमिनार, विवाह, पास्नी, तथा अन्य उत्सवहरूको सजावटसमेत गर्न थालिन् ।
मासिक दुई लाख आम्दानी
गुरुङको अनुसार, राम्रो सिजनमा मासिक २० लाखसम्मको कारोबार हुन्छ भने अन्य समयमा पनि ८–९ लाख रुपैयाँसम्मको व्यापार हुने गर्छ । व्यापारबाट खर्च कटाएर सरिश्माले मासिक झन्डै दुई लाख रुपैयाँ बचत गर्ने गरेको बताइन् ।
उनको सेवा पोखरा र काठमाडौँसम्म विस्तार भइसकेको छ । ग्राहकलाई थप सहजता दिन उनले काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरिरहेकी छन् । फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापनाको योजना समेत बनाएकी छन् ।
भविष्यको योजना
गुरुङले आफ्नो व्यवसायलाई अझ विस्तार गर्दै जग्गा खोजी गरी फूल तथा बिरुवा उत्पादनलाई प्रभावकारी बनाउने योजना बनाएकी छन् । यसले न केवल उनको आम्दानी बढाउनेछ, बरु स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने अवसर पनि प्रदान गर्नेछ ।
सरिश्मा गुरुङको यो सफलता नेपालमा सानो लगानीबाट पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । आत्मनिर्भर बन्न चाहने नवउद्यमीका लागि उनको कथा प्रेरणादायी बन्न सक्छ ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि