• बुधबार, ३१ भाद्र २०८३
  • अर्थमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : चार घर–अपार्टमेन्ट, बैंकमा १ करोड ९० लाख

    अर्थमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : चार घर–अपार्टमेन्ट, बैंकमा १ करोड ९० लाख

    सबलनेपाल संवाददाता
    चैत्र २९ २०८२, आइतबार

    काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो चल–अचल सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार उनको नाममा विभिन्न स्थानमा चारवटा घर तथा अपार्टमेन्ट रहेका छन् भने बैंक खातामा १ करोड ९० लाख रुपैयाँ मौज्दात रहेको उल्लेख छ।

    सम्पत्ति विवरणअनुसार ललितपुरको सानेपामा करिब २ करोड रुपैयाँ मूल्य बराबरको अपार्टमेन्ट, ललितपुरमै करिब ५ करोड रुपैयाँको घर, काभ्रेमा करिब ३ करोड ७५ लाख रुपैयाँको अपार्टमेन्ट तथा तनहुँमा करिब २ करोड रुपैयाँ बराबरको घर रहेको जनाइएको छ।

    उक्त सम्पत्तिको स्रोतका रूपमा उनले अन्तर्राष्ट्रिय रोजगारीबाट प्राप्त आम्दानी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटी उल्लेख गरेका छन्। यी स्रोतमार्फत संकलित रकमबाट घर तथा अपार्टमेन्टमा लगानी गरिएको विवरणमा उल्लेख छ।

    कानुनी प्रावधानअनुसार मन्त्रीहरूले पद बहालीपछि निश्चित समयभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार अर्थमन्त्री वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको जनाइएको छ।

    यस विवरणले मन्त्रीहरूको सम्पत्तिमा पारदर्शिता कायम गर्ने तथा सार्वजनिक जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij