काठमाडौं, २५ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएका छन्। आज मध्याह्नपछि हुने उक्त छलफलमा विभिन्न देशका कूटनीतिज्ञ सहभागी हुनेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार छलफलमा नेपालको पछिल्लो राजनीतिक अवस्था, सरकारका प्राथमिकता तथा भावी नीतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइनेछ। कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ।
प्रधानमन्त्रीको सचिवालयले भारत, चीन, अमेरिका, जापान र बेलायतलगायत एक दर्जनभन्दा बढी देशका राजदूतहरूलाई प्रधानमन्त्री कार्यालयमा आमन्त्रण गरिएको जनाएको छ। कार्यक्रममा राजदूतहरूले आफ्नो परिचय प्रस्तुत गर्ने र प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री शाहले व्यक्तिगत रूपमा राजदूतहरूसँग भेटघाट गर्ने परम्परालाई निरन्तरता नदिई सामूहिक संवादलाई प्राथमिकता दिएका छन्। विगतमा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै राजदूतहरूसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने अभ्यास रहँदै आएको थियो।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले कूटनीतिक मर्यादा कायम राख्न र अनावश्यक पहुँच नियन्त्रण गर्न सामूहिक छलफलको अभ्यास अघि सारिएको बताए। उनका अनुसार यसले कूटनीतिक सम्बन्धलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
परराष्ट्र मन्त्रालय स्रोतले काठमाडौंस्थित कूटनीतिज्ञ तथा दातृ निकायका प्रमुखहरूबाट व्यक्तिगत भेटका लागि धेरै अनुरोध आए पनि यसपटक सामूहिक संवादमार्फत नै अन्तरक्रिया गर्न लागिएको जनाएको छ।
प्रधानमन्त्री शाहले गत चैत १३ गते पदभार सम्हालेपछि कूटनीतिक भेटघाटमा नयाँ अभ्यास सुरु गर्ने संकेत दिएका थिए।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित