काठमाडौं, १३ चैत – केहीबेरमा प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारीमा रहेका बालेन शाहले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट गर्न सकिने निर्णयहरूको तयारी सुरु गरेका छन्। प्रधानमन्त्रीको सचिवालयसम्वद्ध स्रोतका अनुसार विभिन्न मन्त्रालयबाट तत्काल लागू गर्न सकिने योजना संकलन भइरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालयमा पत्राचार गर्दै “पहिलो बैठकमा तत्काल गर्न सकिने जनमुखी कामहरूको विवरण पठाउन” निर्देशन दिएको थियो। स्रोतका अनुसार मन्त्रालयहरूले एक वा दुई पृष्ठमा तत्काल लागू गर्न सकिने काम, त्यसको जनमानसमा प्रभाव, र अन्य सम्भावनाको संक्षिप्त विवरण पठाएका छन्।
एक मन्त्रालयका सचिवले भने, “हामीले पठाएका विवरणमध्ये कुन प्रस्ताव उपयुक्त छ भन्ने निर्णय प्रधानमन्त्रीज्यू र उनको टिमले गर्नेछन्। त्यसका आधारमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने योजना छ।”
स्रोतका अनुसार, प्रस्तावित योजनामा केही मन्त्रालयहरूलाई गाभेर छरितो बनाउने, पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्रजस्ता सेवाहरू प्रभावकारी बनाउने, साथै शिक्षा र स्वास्थ्य क्षेत्रका सुधारसम्बन्धी योजनाहरू पनि समावेश छन्।
अघिल्लो हप्ता तयार पारिएको “सुशासन मार्गचित्र” (गुड गभर्नेन्स ब्लु प्रिन्ट) पनि बालेनको सचिवालयमा पुगेको छ। साथै, विगतका भ्रष्टाचार अनुसन्धान र गैरकानूनी सम्पत्ति सम्बन्धी विषयमा छलफल हुने योजना रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार, पहिलो बैठकमा कुन विषय तत्काल निर्णय हुने र कुन विषय अर्को बैठकमा छलफलमा लैजाने भन्ने निर्णय अझै बाँकी छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि