ललितपुर, ललितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।
ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित यो कार्यक्रम पार्टीको संसदीय तयारीलाई व्यवस्थित बनाउने लक्ष्यसहित सञ्चालन गरिएको हो।
कार्यक्रमको सुरुवाती सत्रमै भने पार्टीका सभापति रवि लामिछाने र चर्चित नेता बालेन शाह अनुपस्थित रहे। लामिछानेले समापन सत्रमा मात्र सम्बोधन गर्ने कार्यतालिका रहेको जनाइएको छ भने शाहको भूमिका कार्यक्रम सूचीमै समावेश गरिएको छैन।
उद्घाटन सत्रको नेतृत्व उपसभापति डोलप्रसाद अर्यालले गरेका छन्। उनीसँगै स्वर्णिम वाग्लेले अभिमुखीकरणको उद्देश्य, प्रक्रिया र सांसदहरूको भूमिकाबारे प्रारम्भिक प्रस्तुति दिएका छन्।
कार्यक्रममा संसदका पूर्व सचिव सुरेश अधिकारीले संघीय संसदको संरचना र कार्यप्रणालीबारे आफ्ना अनुभव साझा गर्नेछन्। नवसांसदहरूलाई संसदीय अभ्यासबारे स्पष्ट समझ दिन यो सत्र महत्त्वपूर्ण मानिएको छ।
पहिलो दिनकै कार्यक्रममा सहभागी सांसदहरूलाई समूहमा विभाजन गरी आपसी चिनजान, सहकार्य र समूहगत कार्यकुशलता विकासमा जोड दिइएको छ। साथै, चुनावी घोषणापत्रप्रति सांसदहरूको जिम्मेवारीबारे स्वर्णिम वाग्लेले विशेष प्रशिक्षण दिनेछन्।
कानुनी पक्षमा जानकारी गराउन पूर्व कानुन सचिव तोयानाथ अधिकारीले विधि निर्माणमा संसदको भूमिकाबारे प्रशिक्षण दिनेछन्। त्यस्तै, विश्लेषक दोभान राईले डिजिटल युगमा नागरिकसँग प्रभावकारी संवाद कसरी गर्ने भन्ने विषयमा प्रस्तुति दिनेछिन्।
चितवन ३ बाट निर्वाचित सोविता गौतमसहित केही सांसदहरूले आफ्नो अनुभवसमेत बाँड्ने कार्यक्रम रहेको छ।
दोस्रो दिनको कार्यक्रम योग तथा ध्यानबाट सुरु हुनेछ। त्यसपछि योजना निर्माण, बजेट विन्यास र नीतिगत पक्षबारे पूर्व सचिव तोयानारायण ज्ञवालीले प्रशिक्षण दिनेछन्। अन्तिम सत्रमा पार्टी र संसदबीचको सम्बन्धबारे महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रशिक्षण दिनेछन्।
अन्त्यमा पार्टी सभापति रवि लामिछानेको निर्देशनसहित अभिमुखीकरण समापन गरिनेछ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको थियो। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत निर्वाचित सांसदहरू यस अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि