काठमाडौं, प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे ले समानुपातिक प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएको जानकारी दिएका छन्।
उनका अनुसार अब दलहरूले प्राप्त गरेको सदर मतका आधारमा सिट बाँडफाँड गर्ने प्रक्रिया अघि बढाइनेछ।
“दलहरूले पाएको मतका आधारमा सिट निर्धारण गरिन्छ। त्यसपछि सम्बन्धित दललाई तीन दिनभित्र समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट नाम सिफारिस गर्न आयोगले पत्र पठाउँछ,” घिमिरेले भने।
दलहरूले सिफारिस गरेका नामहरू आयोगले कानुनी व्यवस्था अनुसार पुनः परीक्षण गर्नेछ। सबै प्रक्रिया पूरा भएपछि आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित हुने ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ।
नेपालको प्रतिनिधिसभामा समानुपातिक प्रणालीअन्तर्गत कुल ११० सिट रहेका छन्। यी सिट दलहरूले प्राप्त गरेको कुल सदर मतको अनुपातका आधारमा वितरण गरिन्छ।
निर्वाचन आयोगले अब छिट्टै दलहरूलाई सिट बाँडफाँडको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि