काठमाडौं, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको हालै सम्पन्न निर्वाचनसम्बन्धी रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेको छ।
अदालतको निर्णयसँगै नव–निर्वाचित कार्यसमितिको शपथग्रहणको मार्ग प्रशस्त भएको नाडाले जनाएको छ। पहिले, अदालतमा मुद्दा विचाराधीन रहेकाले शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरिएको थियो।
नाडाले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै, यसले संस्थालाई थप स्थिरता र स्पष्टता दिने विश्वास व्यक्त गरेको छ। संस्था छिट्टै विधान र प्रक्रियाअनुसार शपथग्रहण कार्यक्रम सम्पन्न गर्ने तयारीमा छ।
संस्थाले अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद र उद्योगमैत्री वातावरण सुदृढ गर्न सदस्य तथा सरोकारवालासँग सहकार्य निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नाडा नेपालका अटोमोबाइल उद्योगको प्रतिनिधित्व गर्ने प्रमुख छाता संस्था हो र करिब पाँच दशकदेखि उद्योग प्रवर्द्धन र समन्वयको भूमिका निर्वाह गर्दै आएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि