काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले पदबाट राजीनामा दिएका छन्। सञ्चालक समितिले उनीमाथि लगाइएको निलम्बन फुकुवा गरे लगत्तै उनले औपचारिक रूपमा जिम्मेवारी त्यागेका हुन्।
यसअघि बैंकिङ कसुरसम्बन्धी अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान अगाडि बढाउँदै शेरचनसहित केही व्यक्तिलाई पक्राउ गरेको थियो। सोही प्रकरणका कारण बैंक सञ्चालक समितिले उनलाई निलम्बन गरेको थियो।
पछिल्लो क्रममा विशेष सरकारी वकिलको कार्यालयले उपलब्ध प्रमाण पर्याप्त नदेखिएको निष्कर्ष निकाल्दै शेरचनलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको थियो। अनुसन्धानका क्रममा बयान प्रक्रिया लम्बिँदै गएपछि उच्च अदालत, पाटनले पाँच दिनभित्र बयान सक्न आदेश दिएको थियो। सो आदेशअनुसारको म्याद समाप्त भएपछि सरकारी वकिल कार्यालयले रिहाइको निर्णय गरेको बताइएको छ।
यद्यपि, सीआईबीले तयार पारेको अनुसन्धान प्रतिवेदन भने हालसम्म सरकारी वकिल कार्यालयमा पेश नभएको जनाइएको छ।
रिहाइपछि बैंक सञ्चालक समितिले उनीमाथिको निलम्बन हटाएको थियो। त्यससँगै शेरचनले सीईओ पदबाट अलग हुने निर्णय गरेका हुन्।
तीन दशकभन्दा लामो बैंकिङ अनुभव बोकेका शेरचनले प्रभु फाइनान्स र प्रभु विकास बैंकको नेतृत्व गरिसकेका छन्। प्रभु विकास बैंक किस्ट बैंकसँग गाभिएपछि बनेको प्रभु बैंकमा उनी सुरुमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा आबद्ध भएका थिए र पछि सीईओ बनेका थिए।
उनकै कार्यकालमा प्रभु बैंकले ग्रान्ड बैंक र सेञ्चुरी बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थासँग गाभिएर आफ्नो आकार र पहुँच विस्तार गरेको थियो।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग