काठमाडौं । नेपालमै पहिलो पटक रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५–२६ को पहलमा आयोजित रोटरी हाट बजार भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ । माघ १० र ११ गते (२४ र २५ जनवरी २०२६) काठमाडौंको थापाथलीस्थित रोटरी भवन परिसरमा दुई दिनसम्म चलेको यस ऐतिहासिक कार्यक्रमले साना उद्यमशीलता, स्थानीय उत्पादन, कला–संस्कृति र समुदायलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण पहलको रूपमा आफूलाई स्थापित गर्न सफल भएको आयोजकको भनाइ छ ।
कार्यक्रमको औपचारिक उद्घाटन पञ्चकन्या पूजा, धिमे बाजा र स्वस्तिवाचनसहित प्रेसिडेन्ट एक्सन ग्रुप २०२५–२६ अन्तर्गतका अध्यक्षहरूको सामूहिक उपस्थितिमा गरिएको थियो । उद्घाटनको दिन करिब ३ हजार ४०० भन्दा बढी आगन्तुकहरू सहभागी भए भने दुई दिनको अवधिमा कुल ५ हजार २०० भन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेको बताइएको छ ।

रोटरी हाट बजार कार्यक्रमका संयोजक तथा रोटरी क्लब अफ मातृभूमि बालुवाटारका अध्यक्ष निर्मल ढकालका अनुसार हाट बजारमा स्थानीय स्रोत–साधन प्रयोग गरी उत्पादन गरिएका हस्तकला, खाद्य परिकार, फेसन सामग्री तथा सिर्जनात्मक वस्तुहरू प्रदर्शनी तथा विक्रीका लागि राखिएका थिए। विशेषगरी महिला उद्यमीहरूले आफ्ना उत्पादन स्वयं प्रदर्शन तथा विक्री गरेका थिए, जसले साना उद्यमशीलता प्रवद्र्धन, आर्थिक सशक्तीकरण र आत्मनिर्भरतामा उल्लेखनीय योगदान पु¥याएको आयोजकको दाबी छ ।
कार्यक्रम केवल किनमेलको स्थल मात्र नभई परिवारसहित रमाउन सकिने सामुदायिक उत्सवको रूपमा आयोजना गरिएको रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष राजेन्द्र गौतमले बताए । नेवारी परिकार, नेपाली हस्तकलाको प्रदर्शनी, मनोरञ्जनात्मक खेल, कला, संगीत तथा विविध गतिविधिहरूले सबै उमेर समूहका दर्शकलाई आकर्षित गरेको अध्यक्ष गौतमले बताए।

युवाहरूको सक्रिय सहभागिताका लागि इन्टराक्ट र रोट्र्याक्टमार्फत विशेष कार्यक्रमहरू पनि समावेश गरिएको थियो। “समुदाय, एकता र राम्रो समाजका लागि युवाको दृष्टिकोण” विषयमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। विजेताहरूलाई पुरस्कार, गिफ्ट ह्याम्पर तथा प्रमाणपत्र प्रदान गरी उत्कृष्ट कलाकृतिहरू प्रदर्शनीमा राखिएको थियो। साथै, पहिलो दिन ४० जनालाई वक्तृत्वकलाको तालिम प्रदान गरियो भने दोस्रो दिन छनोट गरिएका १० जनाबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरी उत्कृष्ट एक जनालाई गिफ्टसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा खाद्य स्टलहरूमा साकाहारी परिकार, नेवारी खाना, चिया÷कफी, मोमो–ससेज तथा चाट जस्ता परिकारहरू उपलब्ध थिए। यसैगरी फूल, बुके, मुकुण्डो, मास्क, हस्तकला सामग्री, काठ तथा धातुका सामग्री, अर्गानिक मह, हातले बनाएका गहना तथा झोलाका स्टलहरू प्रमुख आकर्षण बने।
दोस्रो दिन माघ ११ गते करिब १,९०० भन्दा बढी आगन्तुकहरूको उपस्थिति रहेको थियो। यस दिन हाट बजारमा स्थानीय उत्पादन, कर्पोरेट स्टल, आयुर्वेदिक उत्पादन, साथै एबिथ धष्तज ऋबिथ, म्याजिक शो, पेन्टिङ, पब्लिक स्पिकिङ, कविता वाचन, गीत तथा नृत्यजस्ता गतिविधिहरू सम्पन्न भए। युवाहरूबीच विचार आदान–प्रदान सेसन समेत आयोजना गरिएको थियो। कार्यक्रमबीच–बीचमा ओपन माइक सेसन राखिएकाले अवलोकनकर्ता तथा प्रदर्शकहरूले गीत, कविता जस्ता प्रस्तुति दिएका थिए।
रोटरी हाट बजार रोटरी सदस्यहरूमा मात्र सीमित नभई सर्वसाधारणका लागि खुला गरिएको र यसबारे अग्रिम रूपमा व्यापक प्रचार गरिएको कारण रोटरी सदस्यहरूबाहेक अन्य आगन्तुकहरूको पनि उल्लेखनीय सहभागिता देखिएको थियो। यसले रोटरीको छविलाई अझ सकारात्मक र उच्च बनाएको रोटरी क्लब अफ गोंगबुका अध्यक्ष राजाराम फुँयालको भनाइ छ। यस ऐतिहासिक कार्यक्रमको आयोजना रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५–२६ अन्तर्गतका विभिन्न रोटरी क्लबहरूको सहकार्यमा गरिएको हो। आयोजक क्लबहरूमा रोटरी क्लब अफ काठमाडौं, काठमाडौं डाउनटाउन, काठमाडौं मेट्रो, काठमाडौं सर्कल, काठमाडौं हाइट, गोङ्गबु, तीनकुने, मातृभूमि बालुवाटार, पाटन, बागमती काठमाडौं, बालाजु, मध्यपुर, राजधानी तथा हेटौँडा रहेका थिए। कार्यक्रममा रोट्र्याक्ट, इन्टर्याक्ट तथा केही रोटरीयनहरूले दुई दिनसम्म स्वयंसेवकका रूपमा सहयोग गरेका थिए। कार्यक्रम सञ्चालनमा सुवास शर्मा सापकोटा, अनन्त मल्ल र अजय यादवले उद्घोषण गर्दै हाट बजारलाई थप रोचक बनाएका थिए।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि