काठमाडौँ , गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) बीच चार्टर्ड एकाउन्टेन्टहरूलाई लक्षित गर्दै विशेष सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौताअनुसार, संघका सदस्यहरूले न्यूनतम कागजी प्रक्रियामै ७५ हजारदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पाउनेछन्। साथै, आवश्यक प्रक्रिया पूरा गरेपछि बिना धितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत कर्जा समेत उपभोग गर्न सक्ने व्यवस्था गरिएको छ।
बैंकले सदस्यहरूको आवश्यकतालाई ध्यानमा राख्दै घर कर्जा र सवारी साधन कर्जामा समेत आकर्षक ब्याजदरको प्रस्ताव गरेको छ। हाल बैंकले ६.४९ प्रतिशतदेखि आवास कर्जा र ५.९९ प्रतिशतदेखि व्यावसायिक (एसएमई) कर्जा उपलब्ध गराइरहेको छ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन्।
यो सहकार्यले चार्टर्ड एकाउन्टेन्ट्सलाई बैंकिङ्ग सेवामा विशेष छुट र प्राथमिकता पाउने अवसर सुनिश्चित गरेको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि