काठमाडौँ – प्रहरीले उच्च हिमाली क्षेत्रमा चार्टर फ्लाइटको रेस्क्यु देखाएर बीमाको रकम ठगी गर्ने फेक रेस्क्यु प्रकरणमा ६ जनालाई पक्राउ गरेको छ। अनुसन्धान अनुसार, तीन कम्पनीमार्फत ३१७ पर्यटकको नक्कली उद्धार गरिएको र बीमाबाट करिब १९.६९ मिलियन अमेरिकी डलर ठगी भएको पाइएको छ।
पक्राउ परेकाहरूमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, अपरेसन म्यानेजर विवकेराज थपलिया, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी रहेका छन्।
सीआईबीका अनुसार, पर्यटकहरूको स्वास्थ्य अवस्था सामान्य भए पनि, पर्यटन गाइडले झूठो संकट देखाएर हेलिकप्टरमार्फत उद्धार गराउने र बीमा रकम दाबी गर्ने गरेको पाइएको छ। यस प्रकरणले नेपालको अन्तर्राष्ट्रिय छवि र पर्यटन सुरक्षा प्रणालीमा प्रभाव पार्न सक्ने चेतावनी पनि दिइएको छ।
तीन कम्पनीले नक्कली उद्धार मार्फत मात्र माउन्टेन रेस्क्यु सर्भिसबाट १७१, नेपाल चार्टर सर्भिसबाट ७५, र एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्सबाट ७१ पर्यटकको उद्धार नक्कली देखाएको पाइएको छ। यसबाट बीमा रकम कुल १९.६९ मिलियन अमेरिकी डलर हरण भएको छ।
पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिताको दफा ५१, २४९, २५३ र २७६ अनुसार अनुसन्धान अघि बढाइएको छ। यस प्रकरणले फेक रेस्क्यु प्रणाली, पर्यटक सुरक्षा र बीमा प्रक्रिया सुधार आवश्यक भएको देखाएको छ।
सीआईबीले प्रारम्भिक अनुसन्धान सार्वजनिक गर्दै भनेको छ, “फेक रेस्क्युको अनुसन्धान जारी छ र थप संलग्न व्यक्तिहरू पत्ता लाग्न सक्ने सम्भावना छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि