काठमाडौं, “म यहाँ व्यक्तिगत सफलताको कथा सुनाउन आएको होइन, म नेपाली सेयर बजारका ७२ लाख लगानीकर्ताको पीडा, संघर्ष र भविष्य बोकेर आएको हुँ,” सेयर बजार अभियन्ता दिपेन्द्र अग्रवाल ले यस्तो उद्घोष गर्दै नेकपा (एमाले) मा प्रवेश गरेका छन्।“शेयर बजारको विकास र विस्तारको लागि अन्तरक्रिया तथा स्वागत कार्यक्रम” का अवसरमा आयोजित कार्यक्रममा बोल्दै अग्रवालले पुँजी बजार सुधारको एजेन्डा राजनीतिक तहमा पुर्याउन आफू एमालेमा आबद्ध भएको बताए।
उनले सेयर बजारलाई केवल पैसा कमाउने माध्यम नभई युवाको भविष्य, साना लगानीकर्ताको आशा र देशको आर्थिक मेरुदण्डको रूपमा हेर्ने गरेको उल्लेख गरे। बजार सुधारका लागि आफूले वर्षौंदेखि आवाज उठाउँदै आएको र त्यस क्रममा नियामक निकायका केही व्यक्तिबाट प्रतिशोधपूर्ण व्यवहार, मुद्दा र अपमान झेल्नुपरेको उनको भनाइ थियो।
अग्रवालले सेयर बजार सुधारका लागि सुरु भएको “हिँड काठमाडौं” आन्दोलनलाई ऐतिहासिक भन्दै हजारौं लगानीकर्ता सडकमा उत्रिएको स्मरण गरे। सो आन्दोलनमार्फत पेश गरिएको २८ बुँदे मागपत्रमा पारदर्शी र निष्पक्ष बजार प्रणाली, प्रविधिमैत्री पूर्वाधार, विदेशी लगानी भित्र्याउने वातावरण, कमजोर कम्पनीहरूको आईपीओ निष्कासनमा नियन्त्रण तथा अन्तर्राष्ट्रिय स्तरको ट्रेडिङ प्रणालीको व्यवस्था प्रमुख माग रहेको उनले बताए।
उनले आफूलाई एमालेमा प्रवेश गराउन प्रेरित गर्ने संविधानसभा सदस्य तथा एमाले केन्द्रीय कमिटी सदस्य प्रेम तामाङ र सामाजिक अगुवा नारायणप्रसाद सापकोटाप्रति आभार व्यक्त गरे।
अग्रवालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडान, साहसिक नेतृत्व र देशहितमा लिएका निर्णयबाट प्रभावित भएर एमाले रोजेको बताए। नाकाबन्दीका बेला लिएको अडान, नेपालको अद्यावधिक नक्सा जारी गर्ने कदम, भूकम्पपछिको पुनर्निर्माण तथा राष्ट्रिय गौरवका आयोजनामा देखाएको चासोलाई उनले उल्लेख गरे।
विभिन्न दल र निकायसमक्ष पटक पटक आग्रह गर्दा पनि लगानीकर्ताको आवाज नसुनिएको गुनासो गर्दै उनले अब राजनीतिक संरचनाभित्रबाटै पुँजी बजार सुधारको पहल गर्ने संकेत गरे। कार्यक्रममा सहभागी लगानीकर्ता र पार्टी कार्यकर्ताहरूले पुँजी बजारसम्बन्धी मुद्दा अब औपचारिक राजनीतिक बहसको विषय बन्ने अपेक्षा व्यक्त गरेका थिए।
-
नाईमा मोबिलिटी एक्स्पोमा बैंकहरुको विशेष अफर: सस्तो ब्याजदरमा अटो कर्जा लिन ग्राहकको घुइँचो
-
नाइमा मोबिलिटी एक्सपोमा दुई दिनमै ६५ हजार अवलोकनकर्ता, सवारी बुकिङ उत्साहजनक
-
नर्भिक र हेल्थ एट होमबीच सहकार्य : अब विशेषज्ञ स्वास्थ्य सेवा घरमै
-
नाइमा मोबिलिटी एक्स्पो सुरु: पहिलो दिनमै २१ हजार दर्शक, अटो क्षेत्रलाई ‘स्थिर नीति’ को माग
-
सुस्त अटो बजार उकास्ने लक्ष्यसहित भदौ ९ देखि १८औँ ‘नाडा अटो शो’, प्रदर्शनीमा ५० ब्रान्डका सवारीसाधन
-
ग्लोबल आइएमई बैंकद्वारा न्यूनतम ५.२५% ब्याजदरमै अटो लोन, ३ दिनमै कर्जा स्वीकृति
-
सुजुकीको ‘मनसुन नि:शुल्क सर्भिस क्याम्प’ साउन २७ देखि, लेबर र पार्ट्समा विशेष छुट
-
नेपालकै सबैभन्दा ठूलो ‘नाइमा मोबिलिटी एक्सपो’ आजदेखि भृकुटीमण्डपमा सुरु, ४५ भन्दा बढी ब्राण्डको सहभागिता
-
विलासिता होइन उत्पादक पूँजी निर्माण र हरित अर्थतन्त्रको नयाँ यात्रा: भोलिदेखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्स्पो’को सम्पूर्ण तयारी पूरा
-
म्याग्दीको माटोदेखि ‘भ्वाइस किड्स’को फाइनलसम्म: गण्डकी प्रदेशको शान क्रिएसनलाई अब तपाईंको भोटको खाँचो