• बिहिबार, १ असोज २०८३
  • होटल एभरेस्टमै गैरकानुनी खेल, बङ्गलादेश मेडिकल सेसनमा इक्यानको छापा”

    होटल एभरेस्टमै गैरकानुनी खेल, बङ्गलादेश मेडिकल सेसनमा इक्यानको छापा”

    सबलनेपाल संवाददाता
    माघ ३ २०८२, शनिबार

    काठमाडौं । बानेश्वरस्थित होटल एभरेस्टमा बङ्गलादेशमा मेडिकल अध्ययनसम्बन्धी इन्फर्मेसन सेसन भित्री रूपमा सञ्चालन भइरहेको भन्दै नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले कडा विरोध जनाएको छ।
    इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले उक्त कार्यक्रम गैरकानुनी भएको र यसले विद्यार्थीको भविष्य असुरक्षित बनाउने खालको भएको बताएका छन्। उनका अनुसार शिक्षा मन्त्रालयको कुनै पनि स्वीकृति बिना यस्तो कार्यक्रम आयोजना गरिएको हो।
    “यस्तो गैरकानुनी कार्यक्रमले लाखौं विद्यार्थीको भविष्य जोखिममा पर्न सक्छ,” अध्यक्ष पौडेलले भने, “यसलाई तत्काल रोक्न प्रशासनलाई आग्रह गरिएको छ।”
    पौडेलका अनुसार प्रहरी प्रशासनले पनि कानुनी प्रक्रिया अनुसार कार्यक्रम रोक लगाएको छ। तर भित्री रूपमा अझै सञ्चालन भइरहेको सूचनाका आधारमा इक्यानले पुनः आपत्ति जनाएको हो।
    इक्यानले सम्बन्धित निकायलाई यस्ता अवैध शैक्षिक गतिविधि नियन्त्रण गर्न आग्रह गर्दै विद्यार्थी तथा अभिभावकलाई सचेत रहन समेत अनुरोध गरेको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij