काठमाडौ –शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित भएका छन्।
सोमबार काठमाडौँमा सम्पन्न इक्यानको २०औँ साधारणसभा तथा निर्वाचनले आगामी दुई वर्षका लागि एन्ड्रयुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा एन्ड्रयुले दीपकराज भुसाललाई पराजित गर्दै बहुमतसहित जीत हासिल गरे। यद्यपि महासचिव पदमा भने भुसाल समूहका भवनाथ हुमागाई निर्वाचित भएका छन्
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा बासुदेव दाहाल, विकल्पराज पोखरेल र गीता शिवाकोटी निर्वाचित भएका छन्। बासुदेव दाहाल र गीता शिवाकोटी एन्ड्रयु समूहका हुन् भने विकल्पराज पोखरेल भुसाल समूहबाट निर्वाचित भएका हुन्। कोषाध्यक्षमा साधना पुडासैनी निर्वाचित भएकी छन्, जो एन्ड्रयु समूहकै प्रतिनिधि हुन्।
त्यसैगरी सचिवमा सुरज सिलवाल र आशिक कार्की निर्वाचित भएका छन् भने सह–कोषाध्यक्षमा गोविन्द खनाल चयन भएका छन्। सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सन्जीव पाण्डे, शिवप्रसाद अर्याल र कमलप्रसाद तिमल्सिना निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष लक्ष्मण (एन्ड्रयु) पौडेलले इक्यानलाई अझ व्यावसायिक, पारदर्शी र सदस्य–मैत्री संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन काम गर्ने बताएका छन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि