• बिहिबार, १ असोज २०८३
  • ECAN को कोषाध्यक्ष पदमा साधना पुडासैनी निर्वाचित

    ECAN को कोषाध्यक्ष पदमा साधना पुडासैनी निर्वाचित

    सबलनेपाल संवाददाता
    पुष २९ २०८२, मंगलबार

    काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ECAN) को सम्पन्न निर्वाचनबाट साधना पुडासैनी कोषाध्यक्ष पदमा निर्वाचित भएकी छन्। उनले ३२७ मत प्राप्त गर्दै उक्त पदमा विजय हासिल गरेकी हुन्।

    निर्वाचन प्रक्रिया शान्तिपूर्ण र लोकतान्त्रिक रूपमा सम्पन्न भएको ECAN ले जनाएको छ। कोषाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    नवनिर्वाचित कोषाध्यक्ष पुडासैनीले निर्वाचनमा प्राप्त विश्वासप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा ECAN को कोष व्यवस्थापनलाई पारदर्शी, जिम्मेवार र सदस्य केन्द्रित बनाउने प्रतिबद्धता जनाएकी छन्।

    ECAN भित्र वित्तीय अनुशासन सुदृढ गर्ने, सदस्य संरक्षण र संस्थागत विश्वास मजबुत बनाउने अपेक्षा नवनिर्वाचित कोषाध्यक्षप्रति गरिएको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij