काठमाडौंबाट – नेपाल शैक्षिक परामर्श संघ, इक्यानको उपाध्यक्ष पदमा गीता शिवाकोटीले पुनः जित हासिल गरेकी छन्।
पुस २८ गते काठमाडौंमा सम्पन्न इक्यानको २८औँ साधारणसभा तथा २०औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा शिवाकोटीले २९२ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा निर्वाचित हुन सफल भएकी हुन्।
२२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहँदै आएकी शिवाकोटीले आफ्नो चुनावी अभियानमा संस्थागत निरन्तरता, महिला नेतृत्व, पेशागत मर्यादा, विकृति अन्त्य, शाखा सशक्तीकरण र राज्यसँग दरिलो संवादलाई प्रमुख एजेन्डा बनाएकी थिइन्।
निर्वाचनपछि प्रतिक्रिया दिँदै शिवाकोटीले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै, इक्यानलाई अझ सुदृढ, समावेशी र विश्वसनीय संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले सदस्यहरूको विश्वासलाई जिम्मेवारीका रूपमा लिँदै, संघ र पेशाको हितमा निरन्तर काम गर्ने बताइन्।”
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित