काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री ( एनएससीसीआई)का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका एम्बेसडर रुवान्ती डेल्पिटियालाई भेटेका छन् ।
काठमाडौंको बुढानिलकण्ठम अवस्थित श्रीलंका दूतावासमा भएको भेटघाट कार्यक्रममा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का माननीय सदस्य डा. राजेश काजी श्रेष्ठ, अध्यक्ष विजय श्रेष्ठ, महासचिव नरेन्द्र बल्लभ पन्त र सदस्य कुमार दाहालको उपस्थिति रहेको थियो ।
यो भेटघाटमा एम्बेसडर डेल्पिटियाले आगामी दिनमा दुई मुलुकबीच व्यावसायिक गतिविधि बढ्ने धारणा राखेका छन् । २०२६ जुन महिनामा श्रीलंकामा हुने इन्ड्रस्ट्रियल एक्स्पोमा नेपालका प्रतिनिधिमण्डल सहभागी हुने विषयमा छलफल भएको छ ।
आगामी दिनमा नेपालमा पनि सोही प्रकृतिको एक्स्पो आयोजना गरिने र श्रीलंकाका प्रतिनिधि सहभागी हुने नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष विजय श्रेष्ठले बताए ।
भेटघाटमा नेपाल र श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा छलफल भएको छ ।
दुई देशबीचको भ्रमणले स्थानीय र राष्ट्रिय आर्थिक गतिविधि बढाउनुका साथै दुई देशसँग सम्बन्धित बजार, आर्थिक विकास पहलहरू, विदेशी व्यापार तथा लगानी नीतिहरूमा नियमित छलफल हुन सक्ने उल्लेख छ । साथै, भेटघाटमा व्यापार, लगानी, सेवा, व्यापारिक सम्बन्ध, भ्रमण र व्यावसायिक समूहहरूको आदानप्रदानका साथै व्यापार प्रवद्र्धनका सम्भावित गन्तव्यहरूका बारेमा थप छलफल भएको छ । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) को आगामि हुने साधारणसभामा नेपालका लागि श्रीलंकाका एम्बेसडर डेल्पिटियाको प्रमुख अथिति रहेने विषयमा समेत छलफल भएको छ ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि