काठमाडौं । आज देखि सुरु भएको नाडा अटो शोमा नेपालमै पहिलो पट्क फ्लाइङ ट्याक्सीको अनावरण भएको छ । मंगलबार काठमाडौंको भृकुटिमण्डप स्थीत १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइङ ट्याक्सीको अनावरण गरेका हुन् ।
शोको मुख्य आकर्षणको रुपमा रहेको फ्लाइङ ट्याक्सी अनावरणमा अवालोकनकर्ताहरुको सबैभन्दा ठुलो भिड लागेको थियो । नेपालमा पहिलो पटक भविष्यको प्रविधि मानिएको डिपल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स भित्रिएको हो ।
नेपालमा फ्लाइङ ट्याक्सी सञ्चालनका लागि आवश्यक मापदण्ड नबनेकाले नाडाले अहिले यसलाई प्रदर्शनीका लागि मात्रै अटो शोमा राखेको जनाएको छ ।
नाडका अनुसार भविष्यमा यस सम्बन्धी मापदण्ड बनेमा मात्रै नेपालमा यो फ्लाइङ ट्याक्सी आधिकारीक रुपमा सञ्चालन गर्न सकिने बताइएको छ । चीनको अग्रणी प्रविधि कम्पनी एक्सपेइएनजी एईरओएचटीले विकास गरेको ‘इभीटोल फ्लाइङ कार’ को अन्तर्राष्ट्रिय बजार मूल्य करिब १० लाख चिनियाँ युआन (करिब १ लाख ३७ हजार अमेरिकी डलर) अर्थात् नेपाली करिब १ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि