काठमाडौं -चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) अभिनीत चलचित्र ‘माग्ने राजा’ नेपालसँगै अष्ट्रेलियामा पनि एकैपटक प्रदर्शन हुने भएको छ।
अष्ट्रेलियामा नेपाली चलचित्रहरूलाई ठूलो रुचि दिने दर्शक वर्ग रहेको हुँदा ‘माग्ने राजा’ले पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। पहिलो चरणमै यो चलचित्र अष्ट्रेलियाका २२ हलमा एकसाथ रिलिज हुने जानकारी प्राप्त भएको छ। 
चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने मुनाल घिमिरे निर्माता हुन्। कथा तथा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन्।
फिल्ममा माग्ने बुढाको भूमिकाबाट चर्चित बनेका केदार घिमिरे र नायिका बर्षा सिवाकोटी मुख्य भूमिकामा रहेका छन्। चलचित्रमा हास्य–व्यङ्ग्यका माध्यमबाट नेपाली समाज र राजनीति प्रस्ट्याउने प्रयास गरिएको छ।
निर्माता मुनाल घिमिरेका अनुसार, “हामीले ‘माग्ने राजा’लाई नेपाल मात्र नभई विदेशमा रहेका नेपाली दर्शकलाई लक्षित गरेर बनाएका हौँ। अष्ट्रेलियामा पहिलो चरणमै २२ हलमा रिलिज हुनु आफैँमा गर्वको कुरा हो। हामीलाई विश्वास छ, यो चलचित्रले दर्शकलाई मनोरञ्जन मात्र होइन, आफ्नोपनाको अनुभूतिदिलाउनेछ।”.
त्यसैगरी निर्देशक ऋषि लामिछानेले भने, “फिल्म बनाउँदा हाम्रो प्रयास रह्यो, हाँस्दै–हाँस्दै समाजका गम्भीर पक्षलाई देखाउने। माग्ने बुढाको लोकप्रियता दर्शकको हृदयमा रहेको छ, त्यसलाई नयाँ रूप र नयाँ कथामा प्रस्तुत गर्न खोजेका छौँ। विदेशमा समेत यस्तो ठूलो क्रेज देखिनु, नेपाली सिनेमाको लागि सकारात्मक संकेत हो।” चलचित्र ‘माग्ने राजा’ आगामी भाद्र ६ गतेदेखि नेपाल र अन्य देशमा साथ प्रदर्शनमा आउनेछ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि