काठमाडाैं- नेकपा एमालेको सचिवालय बैठकले पार्टी पदाधिकारीका लागि तोकिएको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सिमा हटाउने निर्णय गरेको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको प्रस्तावमा उमेर हद तथा कार्यकालको सिमा हटाउने व्यवस्था समेटिएको थियो, जसलाई सचिवालयले मध्यरातसम्म चलेको बैठकबाट अनुमोदन गरेको हो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको विधानको धारा ६४ अन्तर्गत रहेको उमेर हद र कार्यकाल सीमालाई हटाइएको जानकारी दिए। ूधारा ६४ मा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्थालाई हटाइएको छ,ू उनले भने।
यो निर्णयसँगै पार्टी नेतृत्वमा लामो समयदेखि रहेका नेताहरू पुनः उम्मेदवार बन्ने बाटो खुलेको छ। विश्लेषकहरूका अनुसार यो निर्णयले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि नेतृत्वमा निरन्तरता दिन सहज बनाउने देखिन्छ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनसम्बन्धी विषय पनि छलफलमा आएको उपमहासचिव ज्ञवालीले जानकारी दिए। यद्यपि, यसबारे ठोस निर्णय भने गरिएको छैन।
एमालेले हालको राजनीतिक सन्दर्भमा आफ्नो संगठनलाई थप मजबुत बनाउने उद्देश्यका साथ आन्तरिक संरचनामा सुधारको प्रयास गरिरहेको बताइएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि