काठमाडौं – भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रीज लिमिटेड (RIL) र नेपालको अग्रणी व्यापारिक संस्था चौधरी ग्रुप (CG) बीचको सहकार्यमा लोकप्रिय भारतीय कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ।
क्याम्पा कोला रिलायन्सको एफएमसीजी शाखा रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (RCPL) द्वारा उत्पादन गरिनेछ। RCPL ले नेपालमा चौधरी ग्रुपसँग मिलेर यस ब्रान्डको उत्पादन तथा वितरण सुरु गर्न लागेको हो। RCPL का कार्यकारी निर्देशक केतन मोदीले क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड भएको उल्लेख गर्दै नेपालमा दीर्घकालीन लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे। “चौधरी ग्रुप जस्तो प्रतिष्ठित साझेदारसँग सहकार्य गर्न पाउनु हामी लागि गर्वको कुरा हो,” मोदीले भने, “क्याम्पा कोलाले नेपाली युवाको अडिग आत्मबल र लक्ष्यप्रतिको प्रतिबद्धता झल्काउनेछ।”
क्याम्पा कोला भारतमा पुनःव्यवसायिक उत्पादन सन् २०२३ मा सुरु गरिएको हो। यस ब्रान्डले भारतीय प्रिमियर लिग (IPL) जस्ता ठूला इभेन्टहरूको प्रायोजन गर्दै आफ्नो बजार सुदृढ गर्दै आएको छ।
अब नेपालमा चौधरी ग्रुपले क्याम्पा कोलाको उत्पादन र वितरण जिम्मेवारी सम्हाल्नेछ। समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यो साझेदारी नेपाल र नेपाली उपभोक्ताका लागि गौरवको विषय भएको बताए। “हामी हाम्रो वितरण सञ्जाल र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली बजारमा लोकप्रिय बनाउनेछौं,” उनले भने।
शुरुआती चरणमा क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्प इनर्जी गोल्ड बुस्टर र क्याम्प इनर्जी बेरी किक बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ। २५० मिलिलिटरको क्याम्पा कोला, लेमन र अरेन्जको उपभोक्ता मूल्य रु ३० र इनर्जी बेरी किकको मूल्य रु ४० तोकिएको छ।
रिफ्रेशिङ स्वाद, आकर्षक प्याकेजिङ र जोशिलो प्रस्तुति सहित नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा कम्पनीले लिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि