• शुक्रबार, २ असोज २०८३
  • रेमिट्यान्समा आप्रवाहमा वृद्धि, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब

    रेमिट्यान्समा आप्रवाहमा वृद्धि, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब

    सबलनेपाल संवाददाता
    असार २४ २०८२, मंगलबार

    काठमाडौं – चालु आर्थिक वर्ष २०८१ -८२ को पहिलो ११ महिनामा नेपालमा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण १७.२ प्रतिशतले बढेको थियो।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, जेठ महिनामात्रै १७६ अर्ब ३२ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम १२८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो।

    यस्तै, समीक्षावधिमा अमेरिकी डलरमा गरिएको हिसाबअनुसार विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेर ११ अर्ब २५ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा १५.२ प्रतिशतले वृद्धि भएको थियो।

    त्यसैगरी, समीक्षावधिमा कुल खुद द्वितीय आय (नेट ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो आय १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ थियो।

    वैदेशिक रोजगारतर्फ हेर्दा, समीक्षावधिमा नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३२४ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ पुगेको छ। अघिल्लो वर्ष यस्ता श्रमिकको संख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij