• बिहिबार, १ असोज २०८३
  • प्रधानमन्त्रीले दिए स्पेन भ्रमणबारे संसदलाई जानकारी

    प्रधानमन्त्रीले दिए स्पेन भ्रमणबारे संसदलाई जानकारी

    सबलनेपाल संवाददाता
    असार १४ २०८२, शनिबार

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका हुन् ।

    भ्रमणका क्रममा राष्ट्रिय हित र मर्यादालाई माथि उठाउने गरी प्रस्तुत हुने प्रधानमन्त्रीको भनाइ छ । आज साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिड प्रस्थान गर्ने छन् ।

    उनको नेतृत्वमा जाने भ्रमण टोलीमा २१ जना सहभागि हुनेछन् । यो संख्यामा स्पेन स्थित नेपाली राजदूत र न्युयोर्क स्थित आवासीय प्रतिनिधि समेत हुनेछन् । परराष्ट्रमन्त्रालयका सचिव सहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा हुने छन् ।

    भ्रमणबारे जानकारी गराएपछि प्रधानमन्त्रीले एसईई परीक्षा नतिजामा सुधार आएको भन्दै खसी समेत व्यक्त गरे । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

    सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्पेन भ्रमणबारे संवोदन गर्न समय दिएलगत्तै रास्वपा सांसदहरू नाराबाजीसहित बैठकबाट बाहिरिएका छन् ।
    त्यसअघि आकस्मिक समयमा रास्वपाका सांसदहरूले बेल घेराउ गरेका थिए । राप्रपाका सांसदहरू भने सांसद रोशन कार्की बोलेलगत्तै बाहिरिएका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij