• बिहिबार, १ असोज २०८३
  • बजेट पास गर्नु अघि सत्तापक्षसँग बालुटारमा छलफल गर्दै प्रधानमन्त्री ओली

    बजेट पास गर्नु अघि सत्तापक्षसँग बालुटारमा छलफल गर्दै प्रधानमन्त्री ओली

    सबलनेपाल संवाददाता
    असार १० २०८२, मंगलबार

    काठमाडाैं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षको बैठक जारी छ। बैठक केही बेरअघि सुरू भएको हो।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी सहभागी छिन्। त्यस्तै नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत पनि बैठकमा छन्।

    बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन, बजेटलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij