काठमाडौं — एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित ‘वेबसाइट डिजाइन तथा विकास प्रतियोगिता २०८१” (Website Design & Development Competition 2081’) को फाइनल नतिजा सार्वजनिक गरिएको छ। साेमबार काठमाडौंको नाचघर जमलमा आयोजित भव्य कार्यक्रममार्फत प्रतियोगिताको उत्कृष्ट ३ विजेताको घोषणा गरिएकाे हाे ।

लाइफ कम्प्युटरको आयोजनामा भएको यो राष्ट्रिय प्रतियोगितामा कुल ९८१ वटा वेबसाइटहरू प्राप्त भएका थिए। प्रारम्भिक स्क्रिनिङपछि उत्कृष्ट २० प्रतियोगी छनोट गरिए, जसबाट डिजाइन, यूआई/यूएक्स, कन्टेन्ट र कार्यक्षमताका आधारमा उत्कृष्ट १० छनोट गरिए। फाइनल राउण्डमा ती १० मध्येबाट उत्कृष्ट तीन विजेताहरूलाई छनोट गरी घोषणा गरिएको हो।
प्रतियोगितामा प्रथम स्थान आइडियल मोडल स्कुल, जाउलाखेलका प्रसुन भट्टले हात पार्न सफल भएका छन् । दोस्रो स्थान आदर्श सौल युवक स्कुल, ललितपुरका सुशील खड्का र तेस्रो स्थान श्री सुन्दरी सेकेन्डरी स्कुल, धादिङका आदेश भण्डारीले प्राप्त गरे।

कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ थिए। साथै, गायक आनन्द कार्की र कमेडियन हिमेश पन्तको विशेष प्रस्तुति कार्यक्रममा थप आकर्षण बनेको थियो।
लाइफ कम्प्युटरका प्रमुख कार्यकारी अधिकृत रमेश पोखरेलले प्रतियोगिताको उद्देश्यबारे प्रस्ट पार्दै भने, ‘वेबसाइट विकासको स्किल अबको पुस्ताका लागि अनिवार्य जस्तै छ। प्रतिस्पर्धा त केवल बहाना हो, हामीले ध्यान दिनुपर्ने कुरा भनेको विद्यार्थीको सीप विकास हो।’
कार्यक्रम संयोजक तथा प्रबन्ध निर्देशक लक्ष्मी खत्रीले प्रतियोगिता सञ्चालनको सम्पूर्ण प्रक्रिया पारदर्शी रूपमा गरिएको उल्लेख गर्दै भनिन्, ‘भोलिको पुस्ताका लागि लर्न एण्ड लन्च प्लेटफर्मको नमुना स्वरूप यो प्रतियोगिता स्थापित भएको छ।’
टप १० मा स्थान बनाएका प्रतियोगीहरू काठमाडौँ, बुटवल, धादिङ, ललितपुर र लोलाङ लगायतका स्थानका विद्यार्थी थिए। उनीहरूलाई प्रमाणपत्र, ट्रफी, गिफ्ट ह्याम्पर र विशेष पुरस्कार प्रदान गरिएको थियो।

आयोजक संस्थाका अनुसार आगामी वर्षदेखि प्रतियोगितालाई जिल्लास्तरसम्म विस्तार गर्दै प्रविधिमा चासो राख्ने किशोरकिशोरीहरूलाई थप सहभागी गराइने योजना छ। प्रतिस्पर्धामार्फत प्राविधिक शिक्षा र व्यावहारिक सीपको पहुँच विद्यालय तहमै पुर्याउने लक्ष्य आयोजकको रहेको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि