काठमाडौं — नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) द्वारा आयोजित १७औं नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनी मानिने उक्त शोको उद्घाटनका लागि नाडाले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रमुख अतिथिका रूपमा उपस्थित भई उद्घाटन गरिदिन औपचारिक आग्रह गरेको छ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा असार १ गते अर्थमन्त्री पौडेलसँग भेट गर्दै उक्त आग्रह गरिएको हो। भेटमा अध्यक्ष चौधरीले लामो समयपछि अटोमोबाइल क्षेत्रमैत्री बजेट आएको भन्दै निजी क्षेत्रको उत्साह बढेको धारणा व्यक्त गरे।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमै पहिलोपटक सिमरामा सवारी साधन उत्पादन उद्योग खोल्ने तयारी भइरहेको जनाउँदै त्यसलाई प्रवर्द्धन गर्न नीति तथा सहुलियत आवश्यक रहेको बताए। साथै, नीति तथा नियममा स्थिरता आवश्यक रहेको पनि जोड दिए।
अर्थमन्त्री पौडेलले नाडाको अनुरोधलाई सकारात्मक रूपमा लिँदै अटोमोबाइल व्यवसायीहरुले सरकारलाई थप राजस्व योगदान गर्नुपर्ने र व्यवसाय मैत्री वातावरण निर्माणमा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
भेटमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानको पनि उपस्थिति थियो।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि