हरिकृष्ण ऐडी
मुगु – १९औं राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन पर्यटकीय क्षेत्र रारामा सम्पन्न भएको छ । नेपाल ज्योतिष परिषद्को आयोजना र विश्व ज्योतिष महासंघ नेपाल, दक्षिण एशियाली महासंघ राष्ट्रिय समिति नेपाल त्यसैगरी नारी उत्पादन सचेतना केन्द्र मुगुको संयुक्त आयोजनामा उक्त सम्मेलन जेठ २७ गते सम्पन्न भएको हो ।
राष्ट्रिय ज्योतिष परिषद १९ औं स्थापना दिवसको आयोजित उक्त कार्यक्रममा जिल्लाको पर्यटकीय स्थल रारामा स्थानीय निकायमा कुसल प्रशासकीय प्रमुख भई काम सम्पादन गरेका पशुपति शाहीलाई सम्मान गरिएको छ। त्यसैगरी समाजसेवी तथा माईमष्टाकी धामी चेतना मल्ल शाही, ज्योतिष बालकृष्ण शर्मा, राष्ट्रिय ज्योतिष परिषद्का केन्द्रीय उपाध्यक्ष विकास उपाध्याय, सफल उद्यमी एवंम पुर्व प्रतिनिधि सभाका सदस्य गोपाल बम, सफल उद्यमी मयाराम चौलागाई त्यसैगरी गमगढीको कालिकामालिकाका सल्लाहकार प्रयोगराज चौलागाई समेत सो अवसरमा सम्मान गरिएको थियो। उक्त कार्यक्रम जेठ २६ र २७ गते सञ्चालन भएको थियो।
सम्मेलन मुल आयोजक समितिका संयोजक एवंम कार्यकारी सभापति नेपाल ज्योतिष परिषद्का केन्द्रीय सभापति कमल प्रसाद काफ्लले उद्घाटन गरेको सम्मेलनमा ज्योतिष, वास्तु तथा तन्त्रका विषयमा छलफल भएको नेपाल ज्योतिष परिषद कर्णाली प्रदेश समितिका अध्यक्ष डाक्टर गौरी शंकर शर्माले जानकारी दिए।
उक्त सम्मेलनमा ७७ वटै जिल्लाका नेपाल ज्योतिष परिषद्का सदस्य लगायत आध्यात्मिक ज्ञान लिने उद्देश्यले जिल्लाको खत्याड गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाका केही विद्यार्थीको सहभागिता रहेको डाक्टर गौरी शंकर शर्माले बताए ।
त्यस्तै, नेपाल ज्योतिष परिषद केन्द्रीय सभापति कमल काफ्ले, संस्थापक अध्यक्ष नेपाल ज्योतिष परिषदका डाक्टर लोकराज पौडेल त्यसरी नेपाल ज्योतिष परिषद केन्द्रीय अध्यक्ष केशव प्रशाद धिताल, नेपाल ज्योतिष परिषद केन्द्रीय समितिका महासचिव विश्वप्रकाश धिताल गायतका विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
फोटो क्याप्सनः १९ औं राष्ट्रिय ज्योतिष तथा वस्तु सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत पशुपति शाही सम्मानित हुँदै । तस्बिर ः हरिकृष्ण ऐडी ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि