काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले पछिल्ला दिनमा सामाजिक सञ्जाल र डिजिटल माध्यमहरूमा देखिएका भ्रामक तथा अतिरञ्जित शैक्षिक विज्ञापनप्रति गम्भीर आपत्ति जनाउँदै कडा चेतावनी जारी गरेको छ।
संघले सार्वजनिक सूचना जारी गर्दै “Visa, I-20, Admission, Job वा Scholarship को ग्यारेन्टी” दिने दाबी, “Easy PR”, “No financial need” जस्ता भ्रामक शब्द प्रयोग तथा “निशुल्क सेवा” भन्दै शुल्क असुली गर्ने जस्ता कार्यहरू गैरकानुनी, अनैतिक र आचारसंहिता विपरीत रहेको स्पष्ट पारेको छ।
वि.सं. २०६३ मा पारित आचारसंहिताअनुसार सबै सदस्य संस्थाहरूले विज्ञापन मापदण्डको पालना गर्नु अनिवार्य रहेको संघले स्मरण गराउँदै यस्ता गतिविधिले सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रको विश्वासनीयता गुम्न सक्ने चेतावनी दिएको छ।
ECAN ले यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी र अनुशासन प्रक्रियालाई थप सशक्त बनाउने तयारी गरेको जनाएको छ। संघले आचारसंहिता उल्लंघन गर्ने संस्थाहरूमाथि आवश्यक कारबाही प्रक्रिया सुरु गरिने स्पष्ट पारेको छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग