काठमाडौं- नेपाली मौलिक परिकारको संरक्षण र प्रवर्द्धनका लागि नेपाल डेरी एसोसिएशनले सञ्चालन गर्दै आएको ‘मोही अभियान’मा यस पटक नेशनल प्याब्सन (NPABSON) का उच्च पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको छ।
नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्ट्स नेपाल प्रा.लि.बीचको सहकार्यमा हरेक शनिबार दरबारमार्गमा आयोजना हुँदै आएको रैथाने कृषि उपज हाट बजारमा यस साता ‘मोही तुल्याउने’ कार्यक्रमलाई विशेष सहयोग प्राप्त भएको हो।
यस साता मोही अभियानका लागि ललितपुर महानगरपालिका–२९, हरिसिद्धिमा सञ्चालनमा रहेको हरपल डेरी उद्योग प्रा.लि.का सञ्चालक शेषान्द सन्जेलले दही उपलब्ध गराएर सहयोग पुर्याएका थिए।

नेपाल डेरी एसोसिएशनले विगत दुई वर्षदेखि दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरण, विविधिकरण र उपभोक्ता सचेतना अभिवृद्धिका लागि मोही अभियान सञ्चालन गर्दै आएको छ। सामाजिक, राजनीतिक, शैक्षिक तथा व्यवसायिक क्षेत्रका व्यक्तित्वहरूको सक्रिय सहभागिता र समर्थनले यस अभियानलाई थप ऊर्जा प्रदान गर्दै आएको छ।
यो साता मोही अभियानमा नेशनल प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, पूर्व अध्यक्ष ऋतुराज सापकोटा, केन्द्रिय सह–कोषाध्यक्ष शिबदत्त तिवारी र पूर्व प्रशासन सचिव कमल रानाभाटको उल्लेखनीय उपस्थिति रह्यो। उनीहरूले स्वयम् मोही वितरणमा सहभागी भई उपभोक्तासँग प्रत्यक्ष संवाद समेत गरेका थिए।
वरिष्ठ उपाध्यक्ष भट्टराईले आधुनिकताको नाममा मौलिक खाद्य संस्कृतिमा आएको विचलनलाई यो अभियानले सच्याउन महत्वपूर्ण भूमिका खेलेको बताए। “स्थानीय उत्पादन र मौलिक परिकारको प्रवर्द्धनले दीगो विकासमा टेवा पुर्याउँछ,” उनले उल्लेख गरे।
पूर्व अध्यक्ष सापकोटाले अभियानले दुग्धजन्य पदार्थको उपभोगमा सकारात्मक सोच विकास गरेको बताउँदै, यसले उपभोक्ता र उत्पादकबीचको सम्बन्ध सुदृढ बनाएको धारणा व्यक्त गरे।

केन्द्रिय सह–कोषाध्यक्ष तिवारीले देशको ग्रामीण अर्थतन्त्र मजबुत बनाउन दुग्ध उत्पादन तथा खपतको महत्व औंल्याए भने, पूर्व प्रशासन सचिव रानाभाटले दुग्धजन्य उद्योगको संरक्षण र प्रवर्द्धनका लागि तीनै तहको सरकारले स्पष्ट नीति ल्याउनुपर्ने आवश्यकतामाथि जोड दिए।
यसरी हरेक शनिबार बिहान ७ देखि १० बजेसम्म दरबारमार्गमा सञ्चालन हुने हाट बजारमार्फत स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रीत यो अभियान, नेपाली मौलिकता र स्वदेशी उत्पादनप्रतिको विश्वास बढाउने सशक्त माध्यम बनेको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि