दाङ –राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जलविन्दुको समस्या देखिएकाहरूलाई उपचारका लागि काठमाडौँ पठाउनुपर्ने अवस्था अन्त्य गर्ने सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।
अस्पतालमा सहायक प्राध्यापक डा रञ्जितकुमार शाहको आगमनसँगै केही दिनअघि जलविन्दुको विशेष उपचार सेवा सुरु भएको हो । सेवा सुरु भएसँगै बिरामीहरू घर आँगनमै उपचार पाएको भन्दै खुसी भएका छन् ।
तुलसीपुर–१५ की ८३ वर्षीया जयमोती थरुनीले लामो समयपछि उपचार सेवा पाएपछि खुसी व्यक्त गरिन् । घरबारविहीन थरुनीले उपचारपछि नयाँ जीवन पाएको अनुभव भएको बताइन् ।
डा शाहका अनुसार यहाँ बहिरङ्ग सेवा (ओपिडी) लिन दैनिकजसो दुईदेखि तीन सय बिरामी आउने गरेका छन् । तीमध्ये पाँचदेखि सात जनामा जलविन्दुको समस्या देखिने गरेको छ ।
‘जलविन्दु आँखामा दबाब बढेर दृष्टिमा असर पु¥याउने रोग हो । प्रारम्भिक अवस्थामा उपचार सुरु गरिएमा दृष्टि जोगाउन सकिन्छ तर धेरैजसो बिरामी ढिलो गरी अस्पताल आउने भएकाले दृष्टिमा स्थायी क्षति पुगिसकेको हुन्छ’, डा शाहले भने ।
नेपालमा हालैको एक सर्वेक्षणअनुसार दुई दशमलव एक प्रतिशतभन्दा बढी जनसङ्ख्यामा जलविन्दुको समस्या देखिएको छ । डा शाह धेरैलाई यसबारे थाहा नहुने, लक्षणको बेवास्ता गर्ने र अस्पताल ढिलो पुग्ने समस्या रहेको बताउँछन् । जलविन्दुको मुख्य लक्षणहरूमा दृष्टि धमिलो हुँदै जानु, बत्तीमा हेर्दा इन्द्रेणी रङ देखिनु, टाउको र आँखामा दुखाइ, वाकवाकी लाग्नुलगात रहेका उनले बताए ।
‘यो रोग परिवारमा एक जनामा देखिएको खण्डमा अन्य सदस्यमा पनि हुने सम्भावना रहन्छ । साथै मधुमेह, उच्च रक्तचाप वा आँखामा चोटपटक लाग्दा पनि जलविन्दु हुने सम्भावना बढ्छ’, डा शाहले भने,‘राप्ती आँखा अस्पतालले आँखासम्बन्धी विविध उपचार सेवा दिँदै आएकामा जलविन्दु विशेषज्ञ सेवा पनि थपिएपछि यहाँका सेवाग्राहीलाई निकै राहत हुनेछ ।’
जलविन्दु भएका बिरामीहरूलाई काठमाडौँ वा अन्य ठाउँ जानुपर्ने बाध्यता अन्त्य भएपछि यसले दाङलगायत आसपासका जिल्लाका जनतालाई ठूलो राहत मिलेको छ ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि