गलेश्वर –म्याग्दीको सदरमुकाम बेनी नजिकैको पर्यटकीय स्थल कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु गरिएको छ। बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित झरनामा आन्तरिक पर्यटकको चाप बढेसँगै उनीहरूलाई थप सुविधा दिन पार्क निर्माण थालिएको हो।
बेनी नगरपालिकाको रु १ लाख ५० हजारको लगानीमा पार्क निर्माणको पहिलो चरणको रुपमा जमिन सम्याउने काम सम्पन्न भएको लभ्ली पार्क निर्माण समितिका अध्यक्ष नारायण कार्कीले जानकारी दिए । उनका अनुसार पार्कमा विश्रामका लागि आरामदायी कुर्सी, बालबालिका, युवा तथा वृद्धवृद्धाका लागि उपयुक्त संरचना, र बगैंचासहितको आकर्षक पूर्वाधार निर्माण गरिनेछ।
अध्यक्ष कार्कीका अनुसार, ‘सदरमुकाम नजिकैको झरना नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएकाले यसको सौन्दर्यलाई थप आकर्षक बनाउन पार्क बनाउने सोच राखिएको हो। चालु आर्थिक वर्षमा जमिन सम्याउने बजेट मात्रै आएकोले सोही अनुसार काम थालिएको हो। आउँदो आर्थिक वर्षमा पार्क निर्माणलाई पूर्णता दिने योजना छ।’
यात्रुहरूलाई थप सुविधा दिन अध्यक्ष कार्कीले आफ्नै निजी लगानीमा सत्तल र चौतारी समेत निर्माण गरिसक्नुभएको छ। कोरोना महामारीको समयमा सार्वजनिक रूपमा परिचित बनेको कोप्रे झरनामा पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आवागमन तीव्र भएको छ। स्थानीय पुरन घिमिरेका अनुसार दैनिक झन्डै ५० देखि २०० पर्यटक यहाँ आउँछन् भने बिदाका दिन अझ भिडभाड हुने गरेको छ।
घना जंगल, नागबेलीझैँ बगेको म्याग्दी नदी र दूधेखोलाको किनारमा रहेको यो झरना प्रकृतिक सौन्दर्यले भरिपूर्ण छ। पार्क निर्माणपछि यो स्थान युवायुवतीदेखि वृद्धवृद्धासम्म सबैका लागि रमणीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ। स्थानीय युवा सज्जन जिसीका अनुसार फोटो, भिडियो खिच्न आउनेको भीड बढ्दो छ, र यो ठाउँ हाल बेनीबासीका लागि ‘मर्निङ वाक’ गर्ने नयाँ विकल्प पनि बनेको छ।
मङ्गलाघाटका रमेश फगामी भने, ‘झरना पुग्दा मनमा शान्ति मिल्छ। विशेषगरी वर्षायाममा झरना झनै सुन्दर देखिन्छ। पानीको कलकल आवाज, भीरबाट खस्ने सेतो फोहोर पानी र घाम लाग्दा देखिने इन्द्रेणीले झरनालाई अझ रोमाञ्चक बनाउँछ।’
भौगोलिक संरचनाको हिसाबले झरना अंग्रेजी अक्षर जस्तो देखिन्छ। यस क्षेत्रको पूर्व–पश्चिम हरियाली फाँट, उत्तरतर्फ बग्ने म्याग्दी नदी, र दक्षिणतर्फको घना जङ्गलले यो क्षेत्रलाई प्राकृतिक रमणीयताको केन्द्र बनाएको छ।
वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार कोप्रे झरना र आसपासका क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पर्याप्त सम्भावना छ। यहाँ पानी उड्ने छहरा, १२६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारो, बगरफाँटको विशाल चट्टानमा बनेको देवी मन्दिर, शिवालय, र गुफाजस्ता धार्मिक तथा पर्यटकीय स्थलसमेत रहेका छन्।
उनले, ‘यस स्थानलाई व्यवस्थित गरे घुम्न आउने पर्यटकहरू निराश नबनी फर्कने छैनन्। ‘लभ्ली पार्क’ले यहाँको पर्यटनमा नयाँ रङ थप्ने विश्वास लिएको छु।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि