• शनिबार, ३ असोज २०८३
  • जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य

    जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य

    सबलनेपाल संवाददाता
    बैशाख ३० २०८२, मंगलबार

    काठमाडौं –लगानी कम्पनी वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टले रोटरी क्लब अफ काठमाडौं मिड(टाउनले आयोजना गर्न लागेको जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा सहकार्य गरेको छ ।

    जलवायु परिवर्तन प्रभाव देखाउन र प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यसहित आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा कम्पनीले सहकार्य गरेको छ ।

    पछिल्लो जलवायु समस्या बढ्दै गएको र यो जलवायुको मात्र नभइ मानवताको मुद्दा भएको वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टका अध्यक्ष बासुदेव गौतमले बताए ।

    ‘यो केवल जलवायुको समस्या होइन । यो मानवताको मुद्दा हो,’ उनले भने, ‘हामी त्यस्तो विकासमा विश्वास गर्छौं, जसले मानिस र प्रकृति दुवैलाई समेट्छ । त्यसैले हामी रोटरी मिड(टाउनसँग अर्थपूर्ण कार्यक्रममा सहकार्य गरेका हौं ।’

    रोटरी क्लब अफ काठमाडौं मिड(टाउनले च्यारिटी स्वरूप सोल्टी होटलमा जेठ ११ गते हुने ‘एन इभनिङ फर द गुड अर्थ’ कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा संकलन भएको रकम जलवायु कार्यक्रम र जनचेतना अभिवृद्धि परियोजनामा खर्च गरिने छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij