• शुक्रबार, २ असोज २०८३
  • मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

    मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

    सबलनेपाल संवाददाता
    बैशाख २९ २०८२, सोमबार

    मकवानपुर –यहाँको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मतसम्भार गरी आज साँझदेखि विद्युत् उत्पादन सुरु गरिएको छ ।

    विद्युत् गृहको एउटा टर्वाइनमा एलाइन्मेन्टको समस्या मर्मत गर्न केहीदिन अघिदेखि विद्युत गृह बन्द गरिएको थियो । कूल १४ मेगावाट मध्ये एउटा टर्वाइनबाट सात मेगावाट विद्युत् उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख प्रसन्न मुनि ताम्राकारले बताए ।
    उक्त विद्युत् केन्द्रमा रहेको दुई वटा टर्वाइन लगातार सञ्चालन भइरहँदा एउटा टर्वाइनमा ठोकिएर ठूलो आवाज आइरहेकाले तत्काल बन्द गरेर चिनियाँ कम्पनीका प्राविधिकमार्फत मर्मत सुरु गरिएको ताम्राकारले जानकारी दिए ।

    टर्वाइन मेसिन सञ्चालन आएको केही घण्टा पछिदेखि साविकमा उत्पादित १४ मेगावाट विद्युत्को केन्द्रीय ग्रिडमा जोडिने आयोजना कार्यालयले जनाएको छ । कुलेखानी पहिलो आयोजनाबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।
    (((


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij