काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले दक्षिण कोरियास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत शिक्षा मन्त्रालयमा पठाएको पत्रप्रति गम्भीर आपत्ति जनाएको छ। उक्त पत्रमा कोरियाको छात्र भिसा (D-2 र D-4) प्रक्रियामा देखिएका चुनौतीहरूलाई लिएर नेपाली परामर्श संस्थामाथि झुटा आश्वासन दिने, ब्रेनवास गर्ने, कोरियाली समाजमा घुलमिल हुन नसक्ने विद्यार्थी पठाउने जस्ता गम्भीर र प्रमाणविहीन आरोप लगाइएको भन्दै संघले आपत्ति जनाएको हो।
ECAN का अनुसार यस्तो टिप्पणी पूर्वाग्रही, अतिरञ्जित र कूटनीतिक मर्यादा विपरीत छ। संघले लामो समयदेखि सरकारद्वारा स्वीकृत आचारसंहिता र नीतिगत दिशानिर्देशअनुसार काम गरिरहेका परामर्श संस्थाहरूको प्रतिष्ठामा आघात पुर्याउने किसिमको व्यवहार बन्द गर्न आग्रह गरेको छ।
संघले कोरियासँग सम्बन्धित समस्याका नाममा विद्यार्थीलाई ल्इऋ (Language Institution Recommendation) नदिइएको विषयमा पनि गम्भीर चासो व्यक्त गरेको छ। छलफल र तथ्यगत आधारबिना यस्तो निर्णयले विद्यार्थीको भविष्यमा नकारात्मक असर पार्ने भन्दै तत्काल ल्इऋ प्रक्रिया पुनः सुचारु गर्न माग गरिएको छ।
ECAN ले दोषी पाइएको कुनै संस्था वा व्यक्तिमाथि कानूनबमोजिम कारबाही हुनुपर्नेमा समर्थन जनाउँदै केही अपवादका आधारमा सम्पूर्ण व्यवसायलाई बदनाम गर्ने कार्य अस्वीकार्य भएको स्पष्ट पारेको छ। संघले समाधानका लागि तथ्यमा आधारित संवाद, समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि