काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लगानीमा स्थापना भएको ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ले आफ्नो औपचारिक सुरुवात गरेको छ।
एक विशेष कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रविन रमण पराजुलीले लगानी विविधिकरण नेपाली जीवन बीमा क्षेत्रका लागि नयाँ सम्भावना र अवसरको प्रस्थानबिन्दु भएको उल्लेख गरे।
उनका अनुसार बीमितको बचतलाई सुरक्षित, लाभदायक र दीर्घकालीन योजनामा लगानी गर्न उद्देश्यले ५ अर्बको अधिकृत पुँजी र १ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजीसहित ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ सार्वजनिक कम्पनीको रूपमा स्थापना गरिएको हो।
पराजुलीले भने, “बीमा क्षेत्रमा हामीले नेपाली परिवेश अनुरूपका योजनाहरू ल्याएर बजारमा उपस्थिति जनाएका छौं। बीमितको विश्वास र बचतलाई दीर्घकालीन रूपमा सदुपयोग गर्नकै लागि यो इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेका हौं।”
कम्पनीका अनुसार अबको रणनीति सुरक्षित क्षेत्रमा लगानी विविधीकरण गर्दै लगानीकर्तालाई उचित प्रतिफल दिने हुनेछ। साथै, कम्पनीले स्टेकहोल्डर तथा सेयरधनीहरूको हितलाई प्राथमिकतामा राख्दै दीर्घकालीन लाभदायक योजना कार्यान्वयन गर्ने जनाएको छ।
नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले आगामी दिनमा बीमा क्षेत्रबाट संकलन भएको पूँजीलाई व्यावसायिक, पारदर्शी र रणनीतिक रूपमा प्रयोग गर्दै मुलुकको आर्थिक विकासमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि