काठमाडौं – विश्वभरका नेपाली प्रतिभाहरु सहभागीहरुको सबैभन्दा ठूलो नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स– सिजन २’ को प्रसारण आजदेखि सुरु हुँदैछ । नेपाल टेलिभिजनको राष्ट्रिय प्रशारणबाट साँझ ८ बजेको समाचारपछि यो शो प्रसारण हुने नेपाल टेलिभिजनले जनाएको छ ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार गरिएको ‘मेरो भ्वाइस युनिभर्स’मा विश्वका २३ देशका नेपाली गायक गायिकाहरुले फाइनल प्रतिष्पर्धा गर्दैछन् ।
नेपालसमेत विश्वका १३ मुलुकमा अडिसनहरु समापन गरी काठमाडौंको एए स्टुडियोमा फाइनल राउण्डका प्रतिष्पर्धाहरु गराइएको छ । फाइनल राउण्डका ३२ एपिसोडहरुमध्ये वैशाख १८ गते साँझ पहिलो भाग प्रसारण गर्न लागिएको हो ।
नेपाल टेलिभिजनका अनुसार, अव मेरो भ्वाइस युनिभर्स हरेक हप्ता बिहीबार र शुक्रबार राति ८ बजेको समाचारपछि नियमितरुपमा प्रसारण हुने छ ।
यो प्रतिष्पर्धामा भाग लिन विश्वभरबाट छनौट भई नेपाल आइपुगेका प्रतिभाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा निमन्त्रणा गरी शुभकामना दिँदै नेपाली संस्कृतिको दूतका रुपमा काम गर्न आग्रह गरे ।
संसारभरका नेपाली मूलका नेपालीहरुलाई नेपाली संस्कृतिको माध्यमबाट नेपालसंग जोड्ने अभियानका रुपमा इन्ट्रा फाउण्डेसनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोहरुको आयोजना गर्दै आएको छ ।
मेरो भ्वाइस युनिभर्सको निर्देशकका विशाल अर्याल र विशाल भण्डारी हुनुहुन्छ भने निर्णायकहरुमा बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, गायिका अन्जु पन्त, गायिका लावनी चक्रवर्ती प्रसाईं र गायक एवं संगीतकार कर्मा ग्लाल्जेन हुनुहुन्छ । यो शोमा प्रस्तोताका रुपमा रिमा विश्वकर्मा र राजा राजेन्द्र पोखरेल छन् ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि