काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य घटाएको छ। आज ९२०८२ वैशाख १७ गते० जारी गरिएको प्रेस विज्ञप्तिअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँले घटाइएको हो। नयाँ मूल्य वैशाख १८ गते राति १२स्०१ बजेदेखि लागू हुनेछ।
अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको लागि २१० रुपैयाँ, डिजेल तथा मट्टितेलको लागि १९९ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि पेट्रोलको मूल्य २१२ रुपैयाँ र डिजेलरमट्टितेलको २०० रुपैयाँ थियो।
त्यस्तै, हवाइ इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँले घटेर १२१ रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय उडानतर्फ हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर २९ अमेरिकी डलरले घटाइएको छ।
नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट अप्रिल ३० मा प्राप्त नयाँ खरिद मूल्य अनुसार एल।पी। ग्यासको मूल्य भने यथावत् राखिएको छ। निगमका प्रवक्ताले दिएको जानकारी अनुसार हाल एल।पी। ग्यासमा प्रति सिलिन्डर १५१ रुपैयाँ घाटा रहेको छ।
नयाँ मूल्य सूची अनुसार काठमाडौं, पोखरा, भरतपुर, भैरहवा, नेपालगञ्जलगायत विभिन्न स्थानका लागि पृथक दर कायम गरिएको छ। निगमले १५ किलोमिटर भित्रका डिपो तथा कार्यालय क्षेत्रका लागि मात्र यो मूल्य लागू हुने जनाएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि