भक्तपुर –अन्तर्राष्ट्रिय शान्तिदूत तथा विश्वप्रसिद्ध लेखक प्रेम रावतले आज भक्तपुरको सिपाडोलमा आयोजित एक विशाल सभामा हजारौँ श्रोतासमक्ष आन्तरिक आनन्दको महत्त्वबारे मन्तव्य दिए ।
रूपन्देहीको सैनामैनामा वैशाख ६ गते आयोजित कार्यक्रमपछि ११ वर्षपछि नेपाल फर्किएका रावतले दोस्रोपटक नेपाली श्रोतामाझ उपस्थित भएका हुन्। सैनामैनामा उनले एक लाखभन्दा बढी र आज भक्तपुरमा करिब ४० हजार श्रोतालाई सम्बोधन गरे। सभामा सम्बोधनको क्रममा रावतले भने,‘हामी सबैका लागि जन्म, अहिले लिइरहेको श्वास र अन्ततः अवश्यम्भावी बिदाइ यी तीन कुरा समान छन्’ भन्दै जीवनको दुर्लभतामाथि प्रकाश पारे।

उनका अनुसार मानिसले सृष्टिकर्तालाई मान्नेभन्दा चिन्नु र त्यो चिनाइबाट आत्मसन्तुष्टि पाउनु महत्त्वपूर्ण हो। उनले आन्तरिक आनन्द र शान्ति अनुभव गर्न शिक्षालेभन्दा अनुभूति र चेतनाले ठूलो भूमिका खेल्ने बताए।
कार्यक्रम आत्मज्ञान प्रचार संघले आयोजना गरेको हो। सहभागीहरूले रावतको सन्देशले जीवनभर सम्झन लायक अनुभूति दिएको प्रतिक्रिया दिए।रावत द प्रेम रावत फाउन्डेसनका संस्थापकसमेत हुन्, जसले भोजन, पानी र शान्तिजस्ता आधारभूत आवश्यकता पूरा गर्ने विभिन्न परियोजना सञ्चालन गरिरहेको छ।

‘जनभोजन’ अभियानमार्फत भारत, नेपाल, घाना र दक्षिण अफ्रिकाका विपन्न समुदायका हजारौँलाई पौष्टिक भोजन उपलब्ध गराइँदै आएको छ। उनका अनुसार पिस एजुकेसन प्रोग्राम विश्वका १,४०० भन्दा बढी शिक्षालय र सुधारगृहमा सञ्चालित छ, जसले कैदीहरूमा पुनरावृत्त अपराध घटाएको अध्ययनले देखाएको छ।
रावतको सन्देश हाल ११० भन्दा बढी देशमा सुन्न सकिन्छ। २०२३ मा टेलिभिजन, रेडियो र पत्रिकामार्फत उनका विचार ९१.६ करोडभन्दा बढी मानिससम्म पुगे। ‘ Hear Yourself जस्ता पुस्तक तथा ‘लाइफ एसेन्सियल’ नामक पोडकास्टमार्फत उनले विश्वव्यापी पाठक–श्रोतालाई आन्तरिक शान्तिको व्यावहारिक मार्ग देखाउँदै आएका छन्। युरोपियन संघ, बेलायत र न्युजिल्यान्डका संसददेखि हार्वर्ड र अक्सफोर्ड विश्वविद्यालयसम्म उनले शान्ति सम्बन्धी सन्देश प्रस्तुत गरिसक्दा, सन् २०११ मा “प्लेज टु पिस” मा हस्ताक्षर गरेर विश्व शान्तिप्रति आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका थिए।

लेखक, वक्ता, संगीतकार, कलाकार र आविष्कारकसमेत रहेका रावतसँग १५,००० घन्टाभन्दा बढी उडान अनुभव रहेको छ। आजको कार्यक्रममा उनले ‘यो जीवनको आनन्द लिनुहोस्, स्वर्ग यहीँ अनुभव गर्नुहोस् भन्ने मूल मन्तव्य दोहोर्याउँदै उपस्थित श्रोतालाई जीवनभित्रै रहेको शान्ति पहिचान गर्न आह्वान गरे।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि