• बुधबार, ३१ भाद्र २०८३
  • बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट

    बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट

    सबलनेपाल संवाददाता
    बैशाख १ २०८२, सोमबार

    नवलपरासी- पश्चिम नवलपरासीमा बेमौसमी वर्षाले काँचो इँट्टा नष्ट भएको छ ।

    शुक्रबारदेखिको वर्षाले इँट्टा भठ्ठामा पोल्नका लागि तयार पारिएको काँचो इँट्टा गलेर रु एक करोडभन्दा बढीको क्षति भएको इँट्टा उत्पादक सङ्घका केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठले जानकारी दिए । क्षतिको एकिन विवरण सङ्कलनको काम भइरहेको उनले बताए । श्रेष्ठका अनुसार जिल्लामा १२ वटा इँट्टा उद्योग सञ्चालनमा छन् । केही वर्षअघिसम्म १८ वटा उद्योग रहेकामा यस वर्ष छवटा बन्द भएका छन् ।
    बेमौसमी वर्षाले तरकारी, मकै, उँखु, आँप, लिच्ची जस्ता फललाई भने फाइदा गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij