• बिहिबार, १ असोज २०८३
  • सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमित तथा अभिकर्ताहरुका लागि ‘सूर्यज्योति केयर्स’ सेवा सुरु

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमित तथा अभिकर्ताहरुका लागि ‘सूर्यज्योति केयर्स’ सेवा सुरु

    सबलनेपाल संवाददाता
    चैत्र २७ २०८१, बुधबार

    काठमाडाैं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमित तथा अभिकर्ताहरुका लागि ‘सूर्यज्योति केयर्स’ सेवा सुरु गर्दै अनलाइनमार्फत सजिलै कर्जा लिन मिल्ने प्रणालीको समेत सुरुवात गरेको छ।

    प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले डिजिटल कार्ड तथा अनलाइन कर्जासम्बन्धी सुविधा र प्रक्रियाबारे जानकारी दिँदै कम्पनीले सधैं नवप्रविधिमा जोड दिँदै सेवा परिस्कृत गर्दै आएको बताए।

    यस नयाँ सेवा अन्तर्गत बीमालेख जारी भएको ३ वर्षपछि नगद मूल्यको अधिकतम ९०५ सम्म अनलाइनमार्फत कर्जा लिन सकिनेछ। हालको व्यवस्था अनुसार, अनलाइनमार्फत रु ५०,००० सम्म कर्जा एक क्लिकमै प्राप्त गर्न सकिने छ।

    साथै, सूर्यज्योति केयर्सु अन्तर्गत कम्पनीसँग सहकार्य गरेका अस्पताल, प्रयोगशाला, होटल, शैक्षिक संस्था आदि स्थानबाट विशेष छुट तथा सुविधा पाइनेछ। यो सेवा मोबाइल एपमार्फत प्राप्त हुने डिजिटल कार्डबाट प्रयोग गर्न सकिनेछ।

    बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र कार्यकारी निर्देशक सुशील देव सुबेदीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भएको कार्यक्रममा डिजिटल सेवा र नवप्रवर्तनप्रति प्रशंसा व्यक्त गरिएको थियो।

    सूर्यज्योति लाइफको हाल चुक्ता पूँजी रु ५०१ करोड, कुल लगानी रु ४,३६० करोड, जीवन बीमा कोष रु ३,८०३ करोड, ३२ लाखभन्दा बढी बीमालेख, १ लाखभन्दा बढी प्रशिक्षित अभिकर्ता तथा १७४ शाखा रहेको छ। यसले ३५ घातक रोगको उपचार खर्चमा रु ५० लाखसम्म सुविधा दिने एकमात्र जीवन बीमा कम्पनी बनेको छ।

    ष्mबनभक


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij