• बिहिबार, १ असोज २०८३
  • नेपाल उद्योग परिसंघबाट म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध

    नेपाल उद्योग परिसंघबाट म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध

    सबलनेपाल संवाददाता
    चैत्र २७ २०८१, बुधबार

    काठमाडाैं – नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ । परिसंघले उक्त सामाग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको हो ।

    परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई ती राहत सामाग्री हस्तान्तरण गरे । परिसंघले चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो ।
    सो अवसरमा परराष्ट्र सचिव अमृत बहादुर राई, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयका उच्च अधिकारीहरू, परिसंघका महानिर्देशक डा। घनश्याम ओझालगायत सहभागि रहेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij