• बिहिबार, १ असोज २०८३
  • मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, प्रदूषणमा कमी आउने अपेक्षा

    मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, प्रदूषणमा कमी आउने अपेक्षा

    सबलनेपाल संवाददाता
    चैत्र २६ २०८१, मंगलबार

    आज मंगलबार देशको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा थोरै स्थानमा तथा देशका अन्य भू–भागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा वा हिमपात पनि हुनसक्ने जनाइएको छ।

    आज राति देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

    हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। साथै, बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले गर्दा मौसममा बदली देखिएको हो। यसले केही समयका लागि वायुप्रदूषणमा राहत मिल्ने अनुमान गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij