• आइतबार, १४ भाद्र २०८३
  • सप्तरीमा बेपत्ता तीन वर्षीया बालिका मृत फेला, एक शंकास्पद व्यक्ति पक्राउ

    सप्तरीमा बेपत्ता तीन वर्षीया बालिका मृत फेला, एक शंकास्पद व्यक्ति पक्राउ

    सबलनेपाल संवाददाता
    भाद्र ७ २०८३, आइतबार
    काठमाडौँ।सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा आइतबार बिहानदेखि हराइरहेकी तीन वर्षीया बालिका सानिया खातुन मृत अवस्थामा फेला परेकी छन्। बालिकाको शंकास्पद मृत्युको घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
    सप्तरीका डीआईजी ओम अधिकारीले ती व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि तत्काल नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। प्रहरीका अनुसार बालिकाको शव आफ्नै घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा फालिएको अवस्थामा फेला परेको थियो। पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरिएको छैन, तर उनको प्रारम्भिक बयान र शंकास्पद गतिविधिका आधारमा प्रहरीले गम्भीर रूपमा अनुसन्धान अघि बढाएको छ।
    स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया आइतबार बिहान करिब ९ बजेतिर घरबाटै एकाएक बेपत्ता भएकी थिइन्। छोरी हराएपछि परिवारका सदस्यहरूले खोजी गर्दै जाँदा फेला नपारेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र स्थानीयको सक्रियतामा खोजी गर्ने क्रममा घर नजिकैको झाडीमा उनको शव भेटिएको हो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij