काठमाडौं- नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआई वाइइएफ) को नयाँ अध्यक्षमा सुगम घिमिरे चयन हुनुभएको छ। काठमाडौंस्थित होटल र्याडिसनमा शुक्रबार सम्पन्न मञ्चको आठौं वार्षिक साधारण सभाले घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित बोर्डको निवर्तमान अध्यक्षमा मनिष श्रेष्ठ, लर्निङ चेयरमा चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयरमा शाइनी खेतान तथा स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयरमा निदा दून मल्ल चयन हुनुभएको छ। यस्तै सुजित रेग्मी (गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स), पुनीत अग्रवाल (कम्युनिकेसन्स एन्ड एक्सपान्सन), यश अग्रवाल (स्ट्र्याटेजिक एलायन्स) र अङ्कुर अग्रवाल (फाइनान्स एन्ड इन्टरनेसनल रिले्सन्स) ले पनि नयाँ कार्यसमितिमा जिम्मेवारी पाउनुभएको छ। कोचेयरहरूमा न्यान्सी अग्रवाल, सचेत मानन्धर र चेतन प्रधान चयन हुनुभएको छ।
साधारण सभाको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र पूर्वमन्त्री अनिल सिन्हाले संयुक्त रूपमा गर्नुभएको थियो। सो अवसरमा डा. मल्लले सरकारले उद्यमशीलता विकासका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै युवा उद्यमी मञ्चसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। परिसंघका अध्यक्ष पाण्डेले आर्थिक समृद्धिमा युवाको भूमिकाको प्रशंसा गर्नुभयो।
कार्यक्रममा उत्कृष्ट योगदान पुर्याउने सदस्य तथा च्याप्टरहरूलाई सम्मानित समेत गरियो।
-
मोस्ट एक्टिभ मेम्बर (पुरुष): जितेन्द्र बहाती
-
मोस्ट एक्टिभ मेम्बर (महिला): नेहा अग्रवाल
-
आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड: सुधिज्ञ पन्त (सगरमाथा आरोहण गरेबापत)
-
च्याप्टर ग्रोथ अवार्ड: सीएनआईवाइइएफ लुम्बिनी च्याप्टर
-
च्याप्टर एक्सेलेन्स अवार्ड: सीएनआईवाइइएफ कोशी च्याप्टर
कार्यक्रममा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठले मञ्चको भूमिकाबारे प्रकाश पार्दै अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष सुगम घिमिरेले धन्यवाद ज्ञापन गर्दै सभा समापन गर्नुभएको थियो।
-
विपदमा जोडिएको मानवीय नाता: छोटो सूचनामै १०७ जनाले दिए रगत
-
बाढीपहिरो प्रभावितलाई १५ लाख सहयोग गर्ने इक्यानको घोषणा, ३०औं स्थापना दिवसका कार्यक्रम स्थगित
-
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान
-
रसुवा बाढी: टिमुरेबाट ११६ जनाको सकुशल उद्धार, राहत र उद्धार कार्य तीव्र पारिएको प्रधानमन्त्रीको भनाइ
-
चीनको तिब्बतबाट आएको भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति : तटीय क्षेत्रमा उच्च सतर्कता, उद्धारमा सेनाको हेलिकप्टर
-
विदेश जाने विद्यार्थीलाई गन्तव्यसम्मै सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता
-
स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ सुरु: नीतिगत स्थिरता र स्वदेशी उत्पादनमा जोड
-
सवारी साधनलाई विलासिताको वस्तु नठान्न सरकारलाई व्यवसायीको आग्रह, अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको माग
-
नाडा अटो शो २०२६ को तयारी पूरा: भोलि उद्घाटन हुँदै, दुई स्थानमा पार्किङ
-
किस्ट र भारतको मेदान्ता अस्पतालको सहकार्यमा बाल शल्यचिकित्सासम्बन्धी अन्तरक्रिया सम्पन्न