• बुधबार, ३१ भाद्र २०८३
  • रेड नोटिसमा रहेकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

    रेड नोटिसमा रहेकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

    सबलनेपाल संवाददाता
    जेष्ठ १७ २०८३, आइतबार

    काठमाडौं,  ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा फरार रहेकी टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। पक्राउ परेकी अधिकारीलाई हाल ललितपुर प्रहरीको हिरासतमा राखिएको एसपी गौतम मिश्रले जानकारी दिएका छन्।

    उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको थियो। विदेशमा लुकेर बसेको खुलेपछि प्रहरीले उनीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो।

    सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले अधिकारीविरुद्ध दिएको जाहेरीका आधारमा गत साउन महिनादेखि नै प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान भइरहेको थियो। अनुसन्धानको क्रममा उनको बैंक खातामा ठूलो परिमाणको रकम कारोबार भएको देखिएपछि थप सम्पत्ति शुद्धीकरणको पाटोबाट समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij