काठमाडौं । नेपालमा लैङ्गिक उत्तरदायी बजेटलाई समग्र प्रणालीको हिस्सा बनाउनुको साटो केवल ‘महिला लक्षित बजेट’ का रूपमा मात्र बुझ्ने संकुचित प्रवृत्ति हाबी रहेको एक अध्ययनले देखाएको छ ।
बजेटसम्बन्धी विद्यमान निर्देशिकाहरू संघीय ढाँचाअनुसार परिमार्जन नहुँदा र स्थानीय तहको योजना प्रक्रियामा तादाम्यता नमिल्दा महिला तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता अझै संकुचित रहेको प्रतिवेदनको निष्कर्ष छ ।
एक्सनएड अन्तर्राष्ट्रिय नेपालले साझेदार संस्थाहरू चितवन सक्रिय महिला प्रतिष्ठान र मकवानपुर महिला उत्थान समाजसँगको सहकार्यमा मंगलबार राजधानीमा ‘नेपालमा लैङ्गिक समानता तथा महिला अधिकार प्रवर्द्धनका लागि लैङ्गिक उत्तरदायी बजेट विनियोजन र खर्चको विश्लेषण’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।
हिमाल इन्नोभेटिभ डेभलपमेन्ट एण्ड रिसर्च प्रा.लि.ले सन् २०२३ देखि २०२५ सम्मको तीन आर्थिक वर्षको बजेट विनियोजन र खर्चको प्रवृत्तिलाई आधार मानी उक्त अध्ययन गरेको हो ।
प्रतिवेदनअनुसार प्राविधिक र प्रणालीगत कमजोरीका कारण पनि स्थानीय तहमा बजेट कार्यान्वयन फितलो देखिएको छ । विशेष गरी जीआरबी (GRB) कोडिङलाई एलएमबीआईएस (LMBIS) र सुत्र (SUTRA) प्रणालीमा अनिवार्य नगरिएकाले अधिकांश पालिकाहरूमा यसको प्रभावकारी अभ्यास हुन नसकेको अध्ययनले औंल्याएको छ ।
चुनौतीहरूका बीच स्थानीय तहमा महिला लक्षित बजेट विनियोजन गर्ने र त्यसलाई व्यावहारिक कार्यक्रममार्फत कार्यान्वयनमा लैजाने प्रयास भने क्रमशः बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । नेपालको समावेशी विकास, सामाजिक न्याय र दिगो विकास लक्ष्य हासिल गर्न लैङ्गिक उत्तरदायी बजेट प्रणालीको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको निष्कर्ष अध्ययनले निकालेको छ ।
उक्त अध्ययनका लागि संघीय तहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्थानीय तहमा माडी नगरपालिका, मनहरी गाउँपालिका तथा शङ्खरापुर नगरपालिकालाई समेटिएको थियो । प्रतिवेदनले ती निकायहरूमा महिलामैत्री बजेट, खर्चको प्रभावकारिता र सीमान्तकृत समुदायको पहुँचबारे नीतिगत र व्यावहारिक अवस्थाको विश्लेषण गरेको छ ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित