• बुधबार, ३१ भाद्र २०८३
  • ओली र लेखकविरुद्धको अनुसन्धान चैत २६ भित्र टुंग्याउन सर्वोच्चको आदेश

    ओली र लेखकविरुद्धको अनुसन्धान चैत २६ भित्र टुंग्याउन सर्वोच्चको आदेश

    सबलनेपाल संवाददाता
    चैत्र २३ २०८२, सोमबार

    काठमाडौं — सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध जारी अनुसन्धान चैत २६ भित्र टुंग्याउन आदेश दिएको छ।

    न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गर्दै तोकिएको समयभित्र अनुसन्धान पूरा नभए रिहा गर्न निर्देशन दिएको हो।

    अदालतले फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया पूरा गरी हिरासतबाहिर राखेर समेत थप अनुसन्धान गर्न सकिने उल्लेख गरेको छ।

    गत भदौ २३ मा भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान जाने घटनामा बल प्रयोग भएको तथा त्यसलाई रोक्न प्रयास नगरेको आरोपमा उनीहरूलाई चैत १४ मा पक्राउ गरिएको थियो। सोही घटनामा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्दै प्रहरीले जिल्ला अदालत काठमाडौंको अनुमतिमा हिरासतमा राख्दै आएको छ।

    सर्वोच्चको आदेशअनुसार अब निर्धारित समयसीमाभित्र अनुसन्धान टुंग्याउने वा अन्यथा दुवैलाई रिहा गर्ने अवस्था देखिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij