• बुधबार, ३१ भाद्र २०८३
  • रवि लामिछानेले बुझाए चुनावी खर्च विवरण, ९ लाख ८९ हजार खर्च

    रवि लामिछानेले बुझाए चुनावी खर्च विवरण, ९ लाख ८९ हजार खर्च

    सबलनेपाल संवाददाता
    फाल्गुन २७ २०८२, बुधबार

    काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने ले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

    चितवन २ बाट निर्वाचित लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगले तोकेको आचारसंहिता अनुसार चुनावी खर्च विवरण पेश गरेका हुन्।

    लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवाली मार्फत बुझाइएको विवरणमा निर्वाचन अभियानका क्रममा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

    निर्वाचन आयोगको नियमअनुसार प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले चुनाव सम्पन्न भएपछि तोकिएको समयभित्र आफ्नो खर्च विवरण आयोगसमक्ष बुझाउनुपर्ने व्यवस्था छ।

    निर्वाचन अभियानका क्रममा प्रयोग भएका प्रचार–प्रसार सामग्री, कार्यक्रम व्यवस्थापन तथा अन्य चुनावी गतिविधिमा भएको खर्च विवरण आयोगलाई बुझाइएको जनाइएको छ।

    यसअघि अन्य उम्मेदवारहरूले पनि क्रमशः आफ्नो चुनावी खर्च विवरण आयोगमा बुझाइरहेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij