काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी केन्द्रीय निर्वाचनका लागि केन्द्रीय महासचिव पदमा भवनाथ हुमागाईंले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै महासचिव पदमा उठ्ने औपचारिक घोषणा गरेका हुन्।
हाल ECAN को केन्द्रीय समितिमा प्रथम सचिवको जिम्मेवारीमा रहेका हुमागाईं शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। ECAN मा एक कार्यकाल कार्यसमिति सदस्यका रूपमा कार्य गरिसकेका उनी हाल संगठन विभाग तथा आन्तरिक मामिला विभागको संयोजकको भूमिकामा पनि सक्रिय छन्।
घोषणापत्रमार्फत हुमागाईंले संस्थालाई रणनीतिक सोच, निर्णायक नेतृत्व र सदस्य–केन्द्रित कार्यदिशाको आवश्यकता रहेको उल्लेख गरेका छन्। महासचिवको भूमिका केवल औपचारिक जिम्मेवारीमा सीमित नरही सदस्यहरूको व्यवसायिक सुरक्षा, शाखाहरूको सशक्तीकरण र संस्थाको गरिमासँग प्रत्यक्ष रूपमा जोडिएको उनले बताएका छन्।
उनले आफ्नो कार्यकालमा केन्द्र र जिल्ला शाखाबीच प्रभावकारी समन्वय स्थापना, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समयदेखि अवरुद्ध शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गराउन पहल, संगठन विस्तारका लागि दुई नयाँ शाखा तथा एक समन्वय केन्द्र स्थापना, साथै सदस्यता विस्तार र आजीवन सदस्यता प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको दाबी गरेका छन्।
आगामी कार्यकालका लागि हुमागाईंले केन्द्र–शाखा समन्वयलाई संस्थागत बनाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी नीति पैरवी गर्ने, सरकार तथा सरोकारवाला निकायसँग ECAN को संस्थागत हैसियत मजबुत बनाउने, पारदर्शी तथा आर्थिक रूपमा सबल संस्था निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी, युवा तथा नयाँ शैक्षिक परामर्श उद्यमीलाई समेट्ने दीर्घकालीन रणनीति, क्षमता विकास तथा नेतृत्व निर्माण, साथै Multi-destination Educational Student Mobility मा रणनीतिक रूपमा काम गर्दै विद्यार्थी गन्तव्य विविधीकरण र सदस्यहरूको व्यवसायिक अवसर विस्तार गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ।
अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशाका आधारमा ECAN लाई अझ बलियो, एकताबद्ध र सम्मानित संस्थाका रूपमा अघि बढाउने लक्ष्यसहित आफूले महासचिव पदमा उम्मेदवारी दिएको हुमागाईंले उल्लेख गरेका छन्।
-
नाईमा मोबिलिटी एक्स्पोमा बैंकहरुको विशेष अफर: सस्तो ब्याजदरमा अटो कर्जा लिन ग्राहकको घुइँचो
-
नाइमा मोबिलिटी एक्सपोमा दुई दिनमै ६५ हजार अवलोकनकर्ता, सवारी बुकिङ उत्साहजनक
-
नर्भिक र हेल्थ एट होमबीच सहकार्य : अब विशेषज्ञ स्वास्थ्य सेवा घरमै
-
नाइमा मोबिलिटी एक्स्पो सुरु: पहिलो दिनमै २१ हजार दर्शक, अटो क्षेत्रलाई ‘स्थिर नीति’ को माग
-
सुस्त अटो बजार उकास्ने लक्ष्यसहित भदौ ९ देखि १८औँ ‘नाडा अटो शो’, प्रदर्शनीमा ५० ब्रान्डका सवारीसाधन
-
ग्लोबल आइएमई बैंकद्वारा न्यूनतम ५.२५% ब्याजदरमै अटो लोन, ३ दिनमै कर्जा स्वीकृति
-
सुजुकीको ‘मनसुन नि:शुल्क सर्भिस क्याम्प’ साउन २७ देखि, लेबर र पार्ट्समा विशेष छुट
-
नेपालकै सबैभन्दा ठूलो ‘नाइमा मोबिलिटी एक्सपो’ आजदेखि भृकुटीमण्डपमा सुरु, ४५ भन्दा बढी ब्राण्डको सहभागिता
-
विलासिता होइन उत्पादक पूँजी निर्माण र हरित अर्थतन्त्रको नयाँ यात्रा: भोलिदेखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्स्पो’को सम्पूर्ण तयारी पूरा
-
म्याग्दीको माटोदेखि ‘भ्वाइस किड्स’को फाइनलसम्म: गण्डकी प्रदेशको शान क्रिएसनलाई अब तपाईंको भोटको खाँचो